Sunday, August 26, 2012

कांग्रेस कार्यसमितिको बैठक दुई दिन सर् यो

काठमाडौं, १० भदौ- कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बिहान बोलाइएको बैठक दुई दिनपछाडि सारिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव वसन्तकुमार गौतमले विज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारको सट्टा बिहीबार दिउँसो १ बजे बस्ने जनाएका छन् ।
कार्यसमितिको बैठकमा पार्टीका महत्वपूर्ण निकाय संसदीय समिति, केन्द्रीय कार्य सम्पादन समितिको गठन, विभागलाई पूर्णता दिने माओवादी नेतृत्वमा मधेसी मोर्चासहितको गठबन्धन गठन भएको सन्दर्भमा पार्टीले लिने रणनीति र राजनीतिक संकट समाधानका लागि कांग्रेसले लिने पहलकदमीका बारेमा छलफल हुने जानकारी नेताहरुले दिएका छन् ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०६९ भाद्र १२ गते मंगलबार विहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन बी।पी। नगर ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक सो दिन नबसी २०६९ भाद्र १४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । पार्टीका केन्द्रीय पदाधिकारी एवं सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई उक्त बैठकमा उपस्थितिका लागि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गरिन्छ ।

वसन्तकुमार गौतम
मुख्यसचिव

No comments:

Post a Comment