Tuesday, August 7, 2012

पोसाक नलगाउने कर्मचारी कार्यालय प्रवेशमा रोक लगाउन निर्देशन

काठमाडौं, २३ साउन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोसाक भत्ता लिए पनि पोसाक नलगाउने राष्ट्रसेवक पदाधिकारी कर्मचारी एवं िशÔकलाई कार्यालय प्रवेशमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।
सरकारले सरकारी तथा संस्थानका सम्पूर्ण कर्मचारीलाई पोशाक अनिवार्य गरी पोसाक भत्ताबापत वर्षेनि ७ हजार ५ सय रुपैयाँ िदंदै आएको छ । तर धेरैजसो कर्मचारी कार्यालयमा पोसाक लगाएर नआउने प्रवृत्ति बढ्दै गएका कारण त्यसलाई रोक्न अख्तियारले सरकारलाई निर्देशन दिएको हो ।
अख्तियारका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले सोमबार जारी विज्ञप्तिका अनुसार अख्तियारले विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई पत्र लेखी पोसाक नलगाउने कर्मचारी र शिक्षकलाई जिम्मेवारी नदिनेसम्मको कारबाही गर्नसमेत निर्देशन दिएको छ ।
अख्तियारले पत्रमा मुख्यसचिव र सचिवहरुलाई निर्धारित पोसाक नलगाएको िवÈयमा अनुगमन गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ । अनेक बहाना बनाई पदाधिकारी र कर्मचारीहरुले कार्यालय छोड्ने प्रवृति बढेकाले यसबाट सेवाग्राही मारमा परेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।
'पोसाक भत्ता लिई निर्धारित पोसाक नलगाउने राष्ट्रसेवक पदाधिकारी कर्मचारी एवं िशÔकलाई सो पोसाक अनिवार्य लगाउन लाउने यदि निर्धारित पोसाक अनिवार्य लगाउने सम्बन्धमा सम्बद्ध निकायको आचारसंहितामा कुनै व्यवस्था नभएको भए सो समावेश गर्न' समेत अख्तियारले सरकारलाई निर्देश गरेको विज्ञिप्तमा उल्लेख छ ।
अख्तियारले 'निर्धारित पोसाक लगाए/नलगाएको िवÈयमा अनुगमन गर्ने व्यवस्था मिलाउन र पोसाकबापतको भत्ता सुविधा प्राप्त गरी निर्धारित पोसाक नलगाउने राष्ट्रसेवकलाई कार्यालय प्रवेशमा रोक लगाई कार्य जिम्मेवारीसमेत नदिनेसम्मको कारबाही गर्ने व्यवस्था मिलाउनसमेत नेपाल सरकार मुख्य सचिवलगायत सम्पूण्र्ँ सचिवहरुलाई लेखि पठाउने' निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment