Thursday, August 2, 2012

नेविसंघद्वारा एघारौं महाधिवेशन पुस २५-२७ मा

काठमाडौं, १८ साउन- कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नो ११ औं केन्द्रीय महाधिवेशन पुसको २५ देखि २७ गते गर्ने प्रस्ताव पार्टीको केन्द्रीय नेतृत्वसमक्ष गरेको छ । नेविसंघका अध्यक्ष रिाजत कर्णको अध्यक्षतामा राजधानीमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको तिथि प्रस्ताव गरेको हो । पार्टीको केन्द्रीय नेतृत्वले सहमति दिएपछि नेविसंघले महाधिवेशन तयारी थाल्ने जानकारी अध्यक्ष कर्णले दिए ।
नेविसंघले केन्द्रीय महाधिवेशन लाहान विराटनगर काठमाडौं झापा पोखरा बुटवल र धनगढीमध्ये कुनै एक ठाउँमा गर्ने प्रस्ताव गरेको छ । नेविसंघले इकाइ क्षेत्रीय जिल्लादेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासमेत तय गरेको छ । कार्यतालिकाअनुसार नेविसंघले असोज २९ गते देशभरका सरकारी निजी क्याम्पस प्राविधिक शिक्षालय मावि र उच्च माविमा अनिवार्य रुपमा अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि छान्ने कार्यक्रम राखेको छ ।
नेविसघले मंसिर २१ देखि २५ गतेसम्म देशभरका २४० वटै क्षेत्रमा संघको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तिथि तय गरेको छ । मंसिर ३० मा एकै दिन सबै जिल्लामा जिल्ला अधिवेशन गरी महाधिवेशन प्रतिनिधि छान्ने कार्यक्रम नेविसंघको छ । सरकारी तथा निजी कलेज मावि र उच्च माविको कक्षा कोठासम्म संगठन विस्तार गरी इकाइ अधिवेशनको १५ दिन अगावै सदस्यता वितरण गरिसक्ने कार्यतालिकामा उल्लेख छ ।
पुस १० मा महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयमा प्रकाशन गरी एक प्रति कांग्रेसको पार्टी कार्यालयमा बुझाउने र राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्ने निर्णयसमेत नेविसंघले गरेको छ । कांग्रेसले नेविसंघका तत्कालीन अध्यक्ष प्रदीप पौडेल नेतृत्वको कार्यसमितिले महाधिवेशन गर्न नसकेकाले त्यसलाई विघटन गरी कर्णको अध्यक्षतामा महाधिवेशन गर्न छ महिनाअघि तदर्थ समिति गठन गरेको हो ।
जातीय सद्भावका लागि अभियान चलाउने निर्णय
नेविसंघले वर्तमान सरकारले सदियौंदेखिको सद्भाव सहिष्णुता र भातृत्वलाई खल्बल्याएर राष्ट्रियतालाई कमजोर बनाउन लागिपरेको निष्कर्ष निकाल्दै राष्ट्रिय एकतालई सुदृढ गर्न ुजातियता हैन आत्मीयता खोजौं साम्प्रदायिकता हैन राष्ट्रियता रोजौु भन्ने नाराका साथ पाँचै विकास क्षेत्रमा राष्ट्रिय एकता र जातीय सद्भाव अभियान चलाउने र देशको राज्य पुर्नसंरचना जातीय आाधारमा नभई हिमाल पहाड र तराइलाई मिलाएर आर्थिक सामथ्र्य र पहिचानलाई समेत समेटी थोरै संख्यामा गर्नुपर्ने निर्णय गरेको छ ।
नेविसंघले जेठ १४ को मध्यरातमा हठात संविधानसभा भंग गराएको प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले लोकतन्त्रविरोधी कदम चालिरहेको निष्कर्ष निकाल्दै सरकारविरुद्ध चरणवद्ध सशक्त आन्दोलन गर्ने निर्णयसमेत गरेको छ ।
नेविसंघले दैनिक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्विले गरीब जनताको दैनिक जीवन थप कष्टकर भएको निष्कर्ष निकाल्दै न्यून आय भएका नागरिक र विद्यार्थीलाई रासन कार्ड उपलब्ध गराउन माग गरेको छ । वर्तमान कामचलाउ सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई अध्यादेशमार्फत् आजीवन विलाशी गाडी चालक इन्धन मर्मतखर्च आवास र सचिवालय प्रदान गर्नु भनेको राष्ट्रिय ढुकुटीलाई ब्रह्मलुट गरी गरीब जनताको ढाड भाँच्ने षड्यन्त्र हो भन्दै तत्काल त्यस्तो सुविधा खारेज गर्न माग गरेको छ ।
नेविसघले इन्जिनियरिङ नसर्िङ मेडिकल कलेज र प्राविधिक शिक्षालय र निजी स्कूल तथा कलेजमा मौलाएको शैक्षिक व्यापारीकरण र चर्को शुल्कले आम विद्यार्थी आहत भएको उल्लेख गर्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णयसमेत गरेको छ । नेविसंघले प्राविधिक शिक्षामा सबैको सहज पहुँच पुर् याउनका लागि प्रत्येक अाचलमा कम्तीमा एक÷एकवटा कृषि क्याम्पस प्राविधिक शिक्षालय र सुविधासम्पन्न विज्ञान संकाय खोल्न तथा गरीब विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र बैंंकमा राखी शैक्षिक ऋण दिने व्यवस्था गर्न आग्रह गर्दै त्यसका लागि शैक्षिक आन्दोलन गर्ने निर्णयसमेत गरेको छ ।

No comments:

Post a Comment