Monday, August 27, 2012

राणालाई प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं, ११ भदौ- मन्त्रिपरिषदले कायममुकायम प्रधानसेनापति गौरवसमसेर राणालाई प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले राणालाई भदौ २४ गतेदेखि लागू हुने प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी शिक्षामन्त्री दिनानाथ शर्माले दिए ।
एक महिनाअघिदेखि बिदामा बसेका प्रधानसेनापति छत्रमानिसंह गुरुङको भदौ २४ देखि पदावधि सिकंदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति बढुवा गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले प्रधानसेनापतिमा बढुवा गरेपछि राणाले भदौ २४ मा पद बहाली गर्नेछन् ।
प्रधानसेनापति गुरुङ पदावधि सकिनु एक महिनाअघि साउन २५ देखि बिदामा बसेपछि मन्त्रिपरिषदले सोही दिनदेखि लागू हुने गरी वरिष्ठ रथी राणालाई कायममुकायम प्रधान सेनापतिमा बढुवा गरेको थियो ।
प्रहरीमा १०४१ दरबन्दी थप
सरकारले नेपाल प्रहरीमा १ हजार ४१ दरबन्दी थप गर्ने निर्णय गरेको छ । प्रहरीमा जनशक्ति कम भएकाले गृह मन्त्रालयले दरबन्दी थप गर्न दुई÷तीन वर्षदेखि गृहकार्य गर्दै आएको थियो । थपिएका दरबन्दीमा छ जना प्रहरी उपरिक्षकसहित प्रहरी नायव उपरिक्षक प्रहरी निरीक्षक कनिष्ठ अधिकृतदेखि जवानसम्म रहेको जानकारी गृह मन्त्रालयका अधिकारीले दिएका छन् ।
कामु कानुन सचिवमा मल्ल
मन्त्रिपरिषदले कानुन समूहका वरिष्ठ सहसचिव राजुमानिसंह मल्ललाई कायममुकायम सचिवमा बढुवा गरेको छ । कानुन समूहमा वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने परम्पराअनुसार मल्ललाई प्रधानमन्त्री बाबुराम भट्टराईको ठाडो प्रस्तावमा कामु सचिवमा बढुवा गरिएको हो । सरकारले मल्ललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदस्थापन गरेको छ । प्रधानमन्त्री कार्यालयका कानुन सचिव त्रिलोचन उप्रेतीले राजिनामा दिएपछि पद रिक्त थियो । मल्ल कानुन तथा न्याय मन्त्रालयमा सहसचिव थिए ।
प्राधिकरणको अध्यक्ष सिफारिस गर्न समिति गठन
सरकारले दूर साचार प्राधिकरणको रिक्त अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न सूचना तथा साचार मन्त्रालयका सचिव सूर्य सिलवालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।
छानबिन आयोगको म्याद थप
मन्त्रिपरिषदले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको छानबिन गर्न गठित आयोगको म्याद एक महिना थप गरेको छ । सर्वोच्चका पूर्वन्यायाधीश प्रेम शर्माको संयोजकत्वमा गठित आयोगले तीन महिनामा छानबिन कार्य सम्पन्न नगरिसकेकाले एक महिना म्याद थप गरिएको हो ।
प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री भट्टराईले मंगलबार अपराह्न ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । भट्टराईले सम्बोधनमा आफ्नो एकवर्षे प्रधानमन्त्रीत्वकालमा सरकारले हासिल गरेका उपलब्धि र सुरु गरेका सुधारका कार्यक्रम तथा राजनीतिक असमझदारीका कारण संविधानसभाको चुनाव घोषित मितिमा हुन नसक्ने परिस्थिति सिर्जना भएकोलगायतका कमीकमजोरीका बारेमा फेहरिस्त सार्वजनिक गर्ने जानकारी उनी निकट स्रोतले दिएका छन् ।


No comments:

Post a Comment