Thursday, August 2, 2012

राणालाई कामु प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, १८ साउन- प्रधानसेनापति छत्रमान िसंह गुरुङले तीनवर्षे पदावधि सकिनु एक महिनाअघि साउन २६ गतेदेखि बिदामा बस्ने भएका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले रथी गौरवसमसेर राणालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको जानकारी वनमन्त्री यदवंश झाले जानकारी दिए ।
गुरुङको पदावधि भदौ २५ मा सिकंदैछ । गुरुङको पदावधि सकिएपछि मन्त्रिपरिषद बैठकले राणालाई प्रधानसेनापतिमा बढुवा गर्नेछ । वरिष्ठ रथी राणा प्रधानसेनापतिको रोलक्रममा थिए । नेपाली सेनामा प्रधानसेनापति पदावधि सकिनु एक महिनाअघि बिदामा बस्ने परम्परा छ ।
पाँच सचिवको राजिनामा स्वीकृत
मन्त्रिपरिषदले मुख्यसचिवमा आफूभन्दा कनिष्ठ लीलामणि पौडेलको बढुवा भएकामा असन्तुष्टि प्रकट गर्दै पाँच सचिवले दिएको राजिनामा स्वीकृत गरेको छ । सचिवहरु निर्वाचन आयोगका शंकर कोइराला सूचना तथा साचार मन्त्रालयका सचिव अवनीन्द्रकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयका त्रिलोचन उप्रेती र लोकसेवा आयोगका श्याम मैनालीले को राजिनामा मन्त्रिपरिषदले स्वीकृत गरेको जानकारी जानकारी साचारमन्त्री राजकिशोर यादवले दिए ।
निर्वाचनबारे सहमति गर्न कार्यदल गठन
मन्त्रिपरिषदले निर्वाचन आयोगको पत्रअनुसार दलहरुसित सहमति कायम गरी घोषित मिति मंसिर ७ मा चुनाव गराउने या सहमति हुन नसके निर्वाचनको अर्को मिति तोक्न उपप्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा पर्यटनमन्त्री पोष्टबहादुर बोगटी र भूमिसुधार मन्त्री चन्द्रदेव जोशी सदस्य छन् । कार्यदललाई दलहरुसित वार्ता गरी निर्वाचनका लागि सहमति जुटाउने या सहमतिमा अर्को मिति प्रस्ताव गर्ने जिम्मेवारी दिइएको मन्त्री यादवले जानकारी दिए ।

No comments:

Post a Comment