Tuesday, August 7, 2012

एक दर्जन सचिवको सरुवा, चारको पदस्थापना र छ जनालाई कामु दिने तयारी

काठमाडौं, २३ साउन- सरकार विभिन्न मन्त्रालय र निकायका एक दजर्नको सचिवको सरुवा, चार जनाको पदस्थापना र छ जना सहसचिवलाई कायममुकायमको जिम्मेवारी दिने गृहकार्य गरेको छ ।
मन्त्रिपरिषदको बुधबार अपराह्न बस्ने बैठकले सचिवहरुको हेरफेर पदस्थापना र छ सहसचिवलाई कायममुकाम सचिवको जिम्मेवारी दिने सम्भावना रहेको जानकारी प्रधानमनत्री कार्यालयका अधिकारीले दिए ।
गृह, सूचना तथा साचार, प्रधानमन्त्री कार्यालयमा तीन, लोकसेवा आयोग र तीनवटा क्षेत्रीय प्रशासन कार्यालयमा गरी १० सचिव पद रिक्त छन् । असार मसान्तमा बढुवा भएका चार सचिव दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास, सूर्य सिलवाल र धनबहादुर तामाङको पदस्थापना हुन बाँकी छ ।
पाँच सचिव निर्वाचन आयोगका शंकर कोइराला, गृहका सुशीलजंग राणा, सूचना तथा साचारका अवनीन्द्रकुमार श्रेष्ठ, लोकसेवा आयोगका श्याम मैनाली र प्रधानमन्त्री कार्यालयका त्रिलोचन उप्रेतीले आफूहरुभन्दा कनिष्ठ लीलामणि पौडेललाई सरकारले मुख्यसचिवमा बढुवा गरेपछि असन्तुष्टि प्रकट गर्दै दिएको राजिनामा स्वीकृत भएपछि सचिव रिक्त भएका मन्त्रालय र निकायको संख्या १० पुगेको हो ।
वरिष्ठ सचिवहरुलाई विभिन्न मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिने र कनिष्ठलाई विभिन्न आयोग र कार्यालयको जिम्मेवारी दिने तयारीमा सरकार रहेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कानुन समूहका एक र प्रशासनतर्फका दुई सचिव पद रिक्त छ ।
प्रधानमन्त्री कार्यालयका कानुन सचिव त्रिलोचन उप्रेतीले राजिनामा दिएपछि रिक्त भएको पदमा सरकारले कानुन समूहका वरिष्ठ सहसचिव राजुमानिसंह मल्ललाई कायममुकायम दिने तयारी गरेको छ । उनलाई प्रधानमन्त्री कार्यालयमा नै पदस्थापना गर्ने सोचमा सरकार छ ।
स्रोतका अनुसार सरकारले सहसचिवहरु हरि दाहाल, नारायणगोपाल मलेगो, शारदाप्रसाद त्रिताल, सुमनकुमार शर्मा, आत्माराम पाण्डे, जनार्दन नेपाल, रणबहादुर श्रेष्ठ, शान्तबहादुर श्रेष्ठ, मिना खनाल, नरेन्द्र दाहाल, भोला शिवाकोटीलगायतमध्येबाट पाँच जनालाई कायममुकायमको जिम्मेवारी दिई क्षेत्रीय प्रशासकमा पठाउने सम्भावना छ ।
पदस्थापना हुन बाँकी चार जना र क्षेत्रीय प्रशासक रहेका पूर्वााचलका कृष्णचन्द्र पौडेल र तिलकराम शर्मालाई राजधानीमा मन्त्रालय या कुनै निकायको सचिवमा राख्ने र यममुकायमलाई क्षेत्रीय प्रशासन कार्यालयको जिम्मेवारी दिने तयारीमा सरकार छ । आकर्षक मन्त्रालय मानिने गृह र सूचना तथा साचार सचिव हुन एक दर्जनभन्दा बढीले लबिङ गरिरहेका छन् ।
जल तथा ऊर्जा आयोगका विश्वप्रकाश पण्डित वन मन्त्रालयका नवीन घिमिरे युवा तथा खेलकुद मन्त्रालयका सुशील घिमिरे रक्षा मन्त्रालयका माधव रेग्मी प्रधानमन्त्री कार्यालयका जयमुकुन्द खनाललगायतका सचिव गृह मन्त्रालयमा जान इच्छुक देखिएका छन् । यी चारै जना गृह प्रशासनका विज्ञ सचिव हुन् ।
सूचना तथा साचार मन्त्रालयमा भूमिसुधारमा दिनेशहरि अधिकारी र वातावरणका कृष्ण ज्ञवाली सार्वजनिक खरिद अनुगमनका यज्ञ गौतमलगायतका सचिवमध्येबाट लगिने सम्भावना छ । भूमिसुधारका अधिकारी, सामान्य प्रशासनका धरणीधर खतिवडा, सार्वजनिक खरिद अनुगमन कार्यालयमा यज्ञ गौतमले अरु मन्त्रालयमा सरुवा गरिदिन प्रधानमन्त्री र मन्त्रीहरुलाई आग्रह गरिरहेको स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment