Sunday, August 19, 2012

आज इद उल फित्रको सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीलाई शुभकामना
काठमाडौं, ३ भदौ- सरकारले मुस्लिम धर्मावलम्बीको ठूलो पर्व इद उज फित्रका दिन सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुसम्बन्धी आधिकारिक धार्मिक तथा सामाजिक संगठनहरुको आग्रहमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
मुस्लिमले रमदानको तीसदिने रोजा व्रत चन्द्रमा देखिएपछि आइतबार साँझबाट समाप्त भएको छ । रमादान सकिएको भोलिपल्ट मुस्लिम धर्मावलम्बीले इद उल फित्र पर्व मनाउँछन् । इद उल फित्रका दिन मुस्लिमहरु मस्जिद या इदगाहमा गई इद उल फित्रको नमाज पढ्छन् र त्यसपछि एक-आपसमा शुभकामना आदान प्रदान गर्छन् ।
इद उल फित्रमा तीन दिनसम्म मुस्लिम धर्मावलम्बीहरु तीन दिनसम्म मिठोमसिनो खाने, आफन्तलाई बोलाएर खुवाउने, आफन्त कहाँ जाने र गरिब तथा असहायलाई खुवाउने र सहयोग गर्ने गरेर पर्व मनाउँछन् ।
यसैबीच कांग्रेस सभापति सुशील कोइराला, एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले आइतबार विज्ञप्ति जारी गरी इद उल फित्रको उपलक्ष्यमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको मंगलमय शुभमकामना व्यक्त गरेका छन् ।
उनीहरुले विज्ञप्तिमा ऐतिहासिक पर्व इद उल फित्रको यस अवसरमा सम्पूर्ण नेपालीबीचमा रहेको सांस्कृतिक विविधताभित्रको एकता सद्भाव र सहिष्णुताले मुलुकमा राष्ट्रिय एकता प्रवद्र्धन गर्न तथा चाँडोभन्दा चाँडो राष्ट्रिय सहमतिमा नयाँ संविधान निर्माण गरी राष्ट्र निर्माणमा योगदान पुर् याउन सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन् ।

No comments:

Post a Comment