Saturday, August 4, 2012

सेवाग्राहीलाई हँसिलो मुद्रामा सेवा दिन कर्मचारीलाई आह्वान

काठमाडौं, २० साउन- नेपाल निजामती कर्मचारी संघले सरकारी सेवालाई प्रभावकारी र जनमुखी बनाउन सम्पूर्ण राष्ट्रसेवकहरुलाई आमजनतालाई हँसिलो मुद्रामा रहेर सेवा दिन आह्वान गरेको छ ।
संघको शनिबार बसेको पहिलो बैठकले सम्पूर्ण निजामती कर्मचारीहरुको व्यवहारलाई सुधार्न सेवाग्राहीलाई सेवा िदंदा ुटिथ विस स्माइलु हँसिलो मुद्रामा रहेर सेवा दिनुपर्ने नारा तय गरी त्यसलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरेको हो ।
कर्मचारी संगठनको पहलमा पहिलोपटक सरकारी सेवालाई जनमैत्री बनाउन संघले सम्पूर्ण राष्ट्रसेवकले हाँसेर सेवा दिने नारा तय गरी त्यसलाई संघका पदाधिकारी र सदस्यहरुले व्यवहारमा उतार्ने र अरुलाई पनि अनुसरण गर्न आह्वान गर्ने निर्णय गरिएको जानकारी संघका प्रवक्ता विश्वबन्धु रेग्मीले दिए ।
उनका अनुसार संघको बैठकले निजामती सेवा ऐन २४ घ को व्यवस्थाअनुसार स्वतः बढुवा भएका १८ हजारभन्दा बढी कर्मचारीलाई तत्काल समायोजन गर्न स्वास्थ्यकर्मीहरुको पद र तह मिलान गर्न तथा श्रेणीविहीन र जुनियर वन प्राविधिकहरुको बढुवाका लागि सरकारलाई दबाब दिने र त्यसका लागि उच्च प्रशासकहरुसमक्ष तत्कालै लबिङ थाल्ने निर्णयसमेत गरेको छ । बैठकले सम्पूर्ण लोकतन्त्रवादी कर्मचारीहरुलाई संघमा गोलबद्ध गर्ने निर्णयसमेत गरेको छ ।

No comments:

Post a Comment