Monday, August 13, 2012

प्रधानमन्त्रीद्वारा क्षेत्रीय प्रशासकहरुलाई आ-आफ्नो क्षेत्रमा सुशासनको प्रत्याभूति दिन निर्देशन

काठमाडौं, २९ साउन- प्रधानमन्त्री बाबुराम भट्टराईले पाँचै जना नवनियुक्त कायमुकायम क्षेत्रीय प्रशासकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रत्यक्ष मातहतमा रहेर आ-आफ्ना विकास क्षेत्रभित्र आमजनतालाई सुशासनको प्रत्याभूति दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले कामु क्षेत्रीय प्रशासकहरु रणबहादुर श्रेष्ठ (पूर्वााचल), रमेशराज बिष्ट (मध्यमााचल), नारायणगोपाल मलेगो (पश्चिमााचल), फुल्गेन प्रधान ( पश्चिमााचल) र हरि दाहाल (सुदूर पश्चिम) लाई आइतबार बिहान आफ्नै कार्यकक्षमा भेटी त्यस्तो निर्देशन दिएका हुन् ।
भट्टराईले क्षेत्रीय प्रशासकहरुलाई आ-आफ्ना क्षेत्रमा दिनहुँ हजारौं आमजनताले सेवा लिन आउने जिल्ला प्रशासन, मालपोत, जिल्ला प्रहरीजस्ता कार्यालयहरुमा हुने ढिलासुस्ती र अनियमितताजस्ता कार्य प्रभावकारी ढंगले नियन्त्रण गर्नसमेत आग्रह गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार प्रधानमन्त्रीले क्षेत्रीय प्रशासकहरुलाई जनतालाई सुशासनको प्रत्याभूति दिन आ-आफ्ना क्षेत्रमा भ्रष्टाचार नियन्त्रण रोक्न निर्धक्क र पूर्ण आत्मविश्वासका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्नसमेत निर्देशन दिए ।
भट्टराईले दसैं, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिइरहेका बेला अत्यावश्यक सामानको अभाव हुन नदिन र कालो बजारियालाई नियन्त्रण गर्न प्रभावकारी रुपमा अनुगमन र निरीक्षण गरी आपूर्ति व्यवस्थालाई सुचारु बनाउनसमेत आग्रह गरे ।
उनले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसित समन्वय गरी आ-आफ्ना क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाउन र क्षेत्रभित्रका विकास निर्माण आयोजनाको काम प्रभावकारी ढंगले अघि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसमेत क्षेत्रीय प्रशासकहरुलाई निर्देशन दिएका थिए ।

No comments:

Post a Comment