Friday, December 13, 2013

नेपाललाई ३० अर्ब सहयोग आउने

काठमाडौं, २७ मंसिर– विभिन्न दाता मुलुक र निकायले नेपाललाई करिब ३० अर्ब रुपैया“ अनुदान र ऋण सहयोग गर्ने भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ती मुलुक र निकायको सहयोग स्वीकार गर्ने निर्णय गरी अर्थसचिव या सहसचिवलाई सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी दिएको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार डेनमार्क सरकारले उन्नति इन्क्लुसिभ ग्रोथ कार्यक्रम कार्यान्वयन गर्नका लागि ७ अर्ब २६ करोड, शान्ति, मानवअधिकार र सुशासन कार्यक्रम चौथो चरण कार्यान्वयन गर्न ३ अर्ब ६० करोड र बेलायत सरकारले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम दोस्रो चरण कार्यान्वयन गर्न  ११ अर्ब २१ करोड बराबरको अनुदान सहायता गर्ने भएका छन् ।
सरकारले मेलम्ची खानेपानी आयोजना र वितरण प्रणाली सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट करिब २ अर्ब ४२ करोड रुैपया“ सहुलियतपूर्ण ऋण सहयोग लिने निर्णय गरेको छ । मन्त्रिपरिषदले एसियाली विकास बैंकसित सहयोगसम्बन्धी वार्ता गर्न सहरी विकास मन्त्रालयका सहसचिव विनोदचन्द्र झाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
आयल निगमलाई १ अर्ब ६५ करोड ऋण
सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ आपूर्तिका लागि १ अर्ब ६५ करोड रुपैया“ ऋण दिने भएको छ । मन्त्रिपरिषदले सरकार जमानी बसेर कर्मचारी सञ्चय कोषबाट ८५ करोड र नागरिक लगानी कोषबाट ८० करोड रुपैया“ ऋण दिने निर्णय गरेको हो ।
गोरखापत्रको अध्यक्षमा सचिव शर्मा
सरकारले अर्काे व्यवस्था नभएसम्मका लागि सूचना तथा सञ्चार सचिव ध्रुवप्रसाद शर्मालाई गोरखापत्र संस्थानको अध्यक्ष पदमा नियुक्त गरेको छ ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete