Saturday, December 7, 2013

राष्ट्रपतिको पुनर्निर्वाचन असान्दर्भिक : माले

काठमाडौं, २२ मंसिर– नेकपा (माले) ले सबै दलको ध्यान संविधानसभाबाट संविधान निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै तत्कालका लागि राष्ट्रपति र उपराष्ट्रपतिको पुनर्निर्वाचन गर्नुपर्छ भनी चलाइएको चर्चा असान्दर्भिक रहेको टिप्पणी गरेको छ ।
मालेको राजधानीमा शनिबार सुरु पोलिटब्यरो बैठकले संविधानसभाका दुई ठूला दल कांग्रेस र एमालेलाई राष्ट्रपति र उपराष्ट्रपति पदबाहेक अरूमा विषयमा सन्तुलन मिलाएर सरकार बनाउन र संविधान निर्माण कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
‘अहिले राष्ट्रपति र उपराष्ट्रपतिको पुनर्निर्वाचनको चर्चा चलिरहेको छ । जताबाट चर्चा चलाइए पनि तत्कालका लागि यो कुरा सान्दर्भिक छैन । समस्त दलहरूको ध्यान संविधानसभामार्फत् संविधान निर्माणतर्फ केन्द्रित हुनुपर्छ’ मालेका महासचिव सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मालेले संविधानसभा चुनावका सिलसिलामा मतदानदेखि मतगणनास्थलसम्म कतिपय स्थानमा अनियमितता र बुथ कब्जा भएको दाबी गर्दै त्यसबारेमा स्वतन्त्र रूपमा आयोग गठन गरी छानबिन गराउनसमेत आग्रह गरेको छ । छानबिनको उद्धेश्य निर्वाचन परिणामलाई उल्ट्याउनुभन्दा चुनावलाई निष्पक्ष र स्वच्छ बनाउने हुनुपर्ने जिकिरसमेत मालेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete