Monday, December 2, 2013

क्रिकेट खेलाडीलाई १०/१० लाख

काठमाडौं, १७ मंसिर– सरकारले हालै यूएईमा सम्पन्न आईसीसी विश्वकप ट्वान्टी २० क्रिक्रेट प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी विश्वकपमा छनौट हुन सफल नेपाली टिमका १५ जना खेलाडीलाई जनही १० रुपैया“ दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली टोलीका प्रशिक्षकलाई  ५  लाख,  टिम  व्यवस्थापक,  फिजियोथेरापिस्ट,  टेक्निकल एनालिस्टिक  र  सहायक  प्रशिक्षकलाई  जनही  ३  लाख ५०  हजार  रुपैया“  दिने  निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
सरकारले अन्तर्राष्ट्रियस्तरको टुर्नामेन्ट  नेपालमा  आयोजना  गर्न  र  नेपालमा  क्रिक्रेटको
विकासका लागि आवश्यक भौतिक तथा पूर्वाधार निर्माण गर्नका लागि भावी योजना तयार गरी नेपाल सरकारसमक्ष पेस गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको  छ  । 
सरकारले आइसीसी  विश्वकप  ट्वान्टी  २०  प्रतियोगितामा  भाग  लिने तयारीका    सम्बन्धमा  आवश्यक  पर्ने  सबै  क्रियाकलापसहित  कार्ययोजना  तयार  गरी मन्त्रिपरिषद्समक्ष पेस गर्नसमेत युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete