Wednesday, December 25, 2013

ट्रान्सफर्मर खरिद प्रकरणमा आपूर्तिकर्ता श्रेष्ठ पक्राउ

काठमाडौं, १० पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणमा न्यून गुणस्तरको ट्रान्सफर्मर खरिद गरी पचासौं करोड अनियमितता गरिएको प्रकरणमा छानबिनका लागि थप एक जनालाई मंगलबार हिरासतमा लिएको छ ।
अख्तियारले उक्त प्रकरणमा ट्रान्सफर्मर आपूर्तिकर्ता कम्पनी श्रेवल्र्ड ट्रेडिङ हाउसका प्रोपाइटर सुधीर अञ्जान श्रेष्ठलाई पक्राउ गरी आफ्नो हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ । श्रेष्ठविरुद्ध केही दिनभित्रै कमसल गुणस्तरको ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिने जानकारी अख्तियार स्रोतले दिएको छ ।
तामाको तारवालाको ठाउ“मा कमसल गुणस्तरको आल्मुनियम तारवाला ट्रान्सफर्मर खरिद गरेको प्रकरणमा अख्तियारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित ५० जनाभन्दा बढी कर्मचारीविरुद्ध यसअघि नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete