Friday, December 20, 2013

बुढीगंगा आयोजनाका लागि लगानी जुट्यो

काठमाडौं, ५ पुस– अछाम जिल्लास्थित २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजना निर्माण्ँका लागि आर्थिक स्रोत जुटेको छ । साउदी विकास कोÈले करिब २ अर्ब ९२ करोड पा“च लाख रुपैया“ सहुलियतपूर्ण ऋण सहयोग गर्ने तय भएपछि बुढीगंगा निर्माणका लागि आर्थिक स्रोत जुटेको हो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त सहायता प्राप्त गर्न विद्युत् विकास विभागका महानिर्देशक डीबी सिंहको नेतृत्वमा पा“च सदस्यीय प्रमण्डल गठन गरी कोषस“ग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
करिब ६ अर्ब रुपैया“ लागत अनुमान भएको उक्त आयोजनाका लागि कुबेती फन्डले यसअघि नै करिब २ अर्ब रुपैया“ सहुलियतपूर्ण ऋण सहयोग दिने औपचारिक सहमति गरिसकेको छ । बा“की नपुग रकम सरकारले बेहोर्नेछ ।
साउदी कोषसित औपचारिक रूपमा सहयोग सम्झौता भएपछि उक्त आयोजना निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ । उक्त आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन र जग्गा प्राप्तिको काम यसै वर्ष सम्पन्न गरी अर्को वर्षदेखि निर्माण थाल्ने तयारी ऊर्जा मन्त्रालयले गरेको छ ।
थापा नायव महान्यायाधिवक्तामा बढुवा
मन्त्रिपरिÈदले न्याय सेवा आयोगको सिफारिसमा सहन्यायाधिवक्ता महेशकुमार थापालाई नायव महान्यायाक्तिवक्तामा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले दिए ।
आयोगको म्याद थप
सरकारले मुक्त कमैया पुनःस्थापना समस्या समाधान आयोगको म्यादं आगामी असार मसान्तसम्मका लागि बढाउने निणर््ँय गरेको छ ।
पाल्पालीको उपचारका लागि पा“च लाख
लामो समयदेखि देखि दुवै मृर्गौला खराब भएर थलिएका पत्रकार बिके पाल्पालीको उपचारार्थ सरकारले ५ लाख रुपैया“ सहयोग दिने निणर््ँय गरेको छ । सहयोगका लागि उनकी पत्नी रेणुका भट्टराईले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएकी थिइन् । पाल्पालीलाई उपचारार्थ अब छिट्टै भारत लगिने जानकारी पारिवारिक स्रोतले दिएको छ । स्वदेश तथा विदेशबाट पाल्पालीको उपचारार्थ सहयोग आउने क्रमसमेत जारी छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete