Monday, December 30, 2013

५० हजार कर्मचारीलाई जरिवाना

काठमाडौं, १५ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने ५० हजारभन्दा बढी राष्ट्रसेवक कर्मचारीलाई कानुनअनुसार जनही पा“च हजार रुपैया“का दरले जरिवाना गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रले यसै साता विभिन्न तयति सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको सार्वजनिक गरेको थियो । अख्तियारले आइतबार विज्ञप्ति जारी गरी उनीहरूलाई ३० दिनभित्र ५ हजार रुपैया“का दरले जरिवाना अनिवार्य रूपमा तिराउन सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिएको छ ।
अख्तियारले सबै मन्त्रालय र निकायलाई उनीहरूलाई ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन लगाउनसमेत निर्देशन दिएको छ । त्यतिभित्र पनि विवरण नबुझाउने राष्ट्रसेवकहरूमाथि छानबिन गरी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete