Friday, December 20, 2013

वन कर्मचारी र पदाधिकारीसहित २५ विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

करिब साढे तीन करोड बिगो जफत र त्यत्ति नै बराबरको थप रकम गर्न जरिवाना माग
काठमाडौं, ५ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटा सामुदायिक वनका १४ पदाधिकारी, बारा जिल्लाका पूर्व वन अधिकृत, रेञ्जर गरी ११ जनाविरुद्ध शुक्रबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारको अभियोगपत्रमा सामुदायिक वनका पदाधिकारी र कर्मचारीले वन पैदावर फडानी गरी ३ करोड ४२ लाख ८० हजार ५ सय २२ रुपैया“ २५ पैसा भ्रष्टाचार गरेको उल्लेख छ ।
अभियोगपत्रमा सामुदायिक वनका १४ पदाधिकारी र वन कार्यालयका ११ कर्मचारीलाई भ्रष्टाचार गरेको करिब साढे तीन करोड बराबरको बिगो हर्जाना तिराउन तथा बिगोबराबरको जरिवाना गर्न र डेढ वर्ष जेल सजाय गर्न माग दाबी गरिएको छ ।
अख्तियारले बारा जिल्लाका पूर्व वन अधिकृत मोहन कोइरालासहित ११ कर्मचारी, बारा जिल्लाका ओम नमोवुद्ध, राधाकृष्ण्ँ, वनशक्ति महिला, शिवशक्तेश्वरी, जनशक्ति, नागमण्ँि महिला र ब्रहमबाबा  सामुदायिक वनसहित ७ वटा सामुदायिक वनका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।
भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएकामा तत्कालीन जिल्ला वन अधिकृत (उपसचिव) कोइराला, सहायक वन अधिकृतहरू श्यामकुमार निराला, बिन्दाप्रसाद पटेल, रामाश्रय यादव, अशोककुमार सिंह, अशोककुमार झा, प्रकाशकुमार बर्मा, मोहमद समिउल्लाह र राममनोहर साह, धर्मराज चौधरी, सञ्जयकुमार चौरसियासमेतका ११ वन कर्मचारी छन् ।
अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार सामुदायिक वनका अध्यÔहरू सूर्यबहादुर वाइवा, मिनराज रिमाल, सीतामाया वाइवा, विष्ण्ँुबहादुर घलान, मोहनबहादुर खड्का, मीना लामा, अमिरलाल चौधरी तथा सामुदायिक वनकै सचिवहरू बुद्धिकुमार तामाङ, लालबहादुर कार्की, विष्ण्ँुमाया थिङ, रोशन पाख्रिन, रोवन लोप्चन, मीरा पोखरेल र राजकुमार थापासमेत १४ जना वनसमितिका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
सामुदायिक वन समितिका पदाधिकारी र वन कार्यालयका कर्मचारीको मिलेमतोमा साल, सिसौ, खयर र अन्य जातका रूखहरूको छपान, कटान, मुछान, ओसारपसार र बिक्री वितरण्ँ समेतका कामकारबाही गर्दा कानूनविपरीत कुल ५१ हजार ५ सय ७० दशमलव ४६ क्युबिक फिट काठ हिनामिना एवं हानि नोक्सानी पारी भ्रष्टाचार गरेको अख्तियारले उल्ल्ेख गरेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete