Sunday, December 8, 2013

तीन अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २३ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाका मालपोत र नापीका ३ शाखा अधिकृतसहित ११ कर्मचारी र २ जना भूमाफियाविरुद्ध पर्ति जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको र राजस्व हिनामिना गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कैलालीको टिकापुरस्थित करोडौं पर्ने चार किस्ता पर्ति जग्गा टिकापुर निवासी जगत्राम कठरिया र उनका छोरा नारायणको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा ८ कर्मचारीसहित १० जनालाई भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा भूमाफियाका नाममा पर्ति जग्गा दर्ता गराउने मालपोत कार्यालय टिकापुरका प्रमुख लेखा अधिकृत पुष्पराज तिमिल्सिना, गाविस सचिव अनिलकुमार मिश्र, नायव सुब्बा लोकबहादुर रावल, नापी कार्यालय टिकापुरका निमित्त प्रमुख दशरथ मण्डल, अमिन उपेन्द्र यादव, मालपोतका नासु अग्निबहादुर शाही, कैलाली नापीका प्रमुख विनोदकुमार शाह, अमिन नगेन्द्र बस्नेत छन् । पर्ति जग्गा आफ्नो नाममा दर्ता गर्ने भूमाफिया जगत्राम र नारायणका विरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।
उनीहरू १० जनाविरुद्ध २४ लाख रुपैया“को बिगो तिराउन र त्यत्ति नै बराबरको जरिवाना गर्न तथा डेढ वर्षको जेल सजाय गर्न अख्तियारले अदालतमा माग दाबी गरेको छ । त्यसैगरी मालपोत कार्यालय टिकापुरका निमित्त प्रमुख मोहनबहादुर रसाइली र नासु अग्निबहादुर शाही र खरिदार हिरण्यप्रसाद ढुंगानाविरुद्ध जग्गा रजिष्ट्रेसनबापत उठेको करिब साढे ७३ लाख रुपैया“ हिनामिना गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । उनीहरू तीन जनालाई करिब साढे ७३ लाख बिगो तिराउन, सोही बराबरको जरिवाना र डेढ वर्षको कैद सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete