Friday, December 27, 2013

अर्काको जग्गा बेच्ने १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ, १२ पुस– नक्कली कागजपत्र बनाई मृत्यु भइसकेका व्यक्तिको जग्गा बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मकवानपुरका कर्मचारीसहित १२ जना विरुद्ध बिहीबार मुद्दा दायर गरेको छ ।
बिक्री गरेको आरोपमा अख्तियारले आज बिशेÈ अदालतमा मुद्दा दायर गरेको हो ।
२०५२ सालमा मृत्यु भएका तीर्थलाल बज्राचार्यको नाममा रहेको मकवानपुरको भीमफेदी गाविसको ५० लाख बराबरको तीन कित्ता जग्गा नक्कली नागरिकता बनाई, नक्कली व्यक्ति खडा गरेर बेचेको अभियोगमा मालपोत कर्मचारी र गाविस सचिवसहित १२ जनालाई मुद्दा दायर गरिएको जानकारी अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले दिएका छन् ।
अख्तियारले मालपोत कार्यालय मकवानपुरका तत्कालीन कर्मचारीहरू रामकृष्ण्ँ श्रेष्ठ, शिवराज पौडेल, रामहरि ढकाल, विष्ण्ँु अधिकारी, श्याम पोखरेल र तत्कालीन भीमफेदी गाविस सचिव तीर्थलाल घिसिङलाई मुद्दा चलाएको छ । जग्गा बिक्रीमा संलग्न कुमार श्रेष्ठ, लिलाबहादुर श्रेष्ठ, राजेन्द्र ढकाल, दिवाकर अर्याल, शेखर घिमिरे, पर्वत बर्तौलालाई पनि भ्रष्टाचार निवारण्ँ ऐनको दफा ८ (४) बमोजिम  मुद्दा चलाइएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete