Sunday, December 22, 2013

विषादी र अखाद्य वस्तुको प्रयोगमा रोक लगाउन अख्तियारको निर्देशन

काठमाडौं, ७ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आम उपभोक्ताले प्रयोग गर्ने कृषि उपज र खाद्य वस्तुमा जनस्वास्थ्यमा तत्कालीन एवं दीर्घकालीन असर पार्ने विषादी एवं अखाद्य पदार्थको प्रयोगमा तत्काल रोक लगाउन कृषि मन्त्रालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएको छ ।
अख्तियारले आमउपभोक्ताले प्रयोग गर्ने तरकारी, फलफूल, दुधजन्य पदार्थ, माछा, मासुजस्ता कृषि एवं खाद्य वस्तुमा व्यापक रूपमा विषादी एव अखाद्य पदार्थ प्रयोग भई त्यसबाट जनस्वास्थ्यमा तत्कालीन एवं दीर्घकालीन असर परिरहेकोतर्फ ध्यानाकषर्ण गराउ“दै त्यस्तो निर्देशन दिएको हो ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयुक्त, कृषि तथा विज्ञान मन्त्रालयका सचिव, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, विषादी पञ्जीकरण तथा व्यवस्था खाशा र सम्बद्ध कार्यालयका पदाधिकारीबीच भएको छलफलपछि अख्तियारले पुस महिनाभित्रमा विषादीको प्रयोग नियन्त्रणमा उल्लेखनीय प्रगति गर्न सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।
अख्तियारले विषादीको समस्या समाधानका लागि उत्पादन, वितरण, उपभोगसम्ममा जनचेतना अभिवृद्धि गर्नुका साथसाथै प्रभावकारी एवं नतिजामुखी कार्य सञ्चालन गरी नियमन, नियन्त्रण तथा अनुगमन गर्नसमेत सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete