Friday, December 27, 2013

कांग्रेस बैठकद्वारा चारबुँदे सहमति अनुमोदन

काठमाडौं, १२ पुस– नेपाली कांग्रेसले राजनीतिक गतिरोध अन्त्य गरी संविधानसभालाई सुचारु गर्न दलहरूबीच मंगलबार भएको चारबुँदे सहमतिलाई अनुमोदन गरेको छ । सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको कांग्रेसका पदाधिकारीहरूको बैठकले चारबु“देले सहमतिको राजनीतिलाई अघि बढाउन थप सहयोग पु¥याउने निष्कर्È निकालेको छ ।
बैठकले दलहरूबीच भएको ४ बुँदे सहमतिले जनताको अपेÔाअनुसार एक वर्Èभित्रमा संविधान बनाउने संकल्पमा थप मद्दत पु¥याएको निष्कर्È निकालेको जानकारी सहमहामन्त्री पूणर््ँबहादुर खड्काले दिए ।
‘संविधानसभाको चुनावबाट जनताले जसरी कांग्रेसलाई प्रमुख पार्टी बनाए, त्यसलाई गम्भीरतापूर्वक लिएर कांग्रेसकै अग्रसरतामा सबै दललाई मिलाएर संविधानसभामा लैजाने जुन सहमति भएको छ, यसलाई एउटा उपलब्धिका रूपमा लिएका छौं ।’
कांग्रेसले चारबु“दे सहमतिका आधारमा एमाले, एमाओवादी, मधेसवादीलगायतका दलहरूलाई मिलाएर अघि बढ्ने निर्णय गरेको छ । खड्काका अनुसार समानुपातिक सभासद छनोटका लागि आगामी १३ गते दिउ“सो १ बजे संसदीय बोर्डको बैठक बस्ने भएको छ ।
बोर्डको बैठकमा छलफल गरेपछि सभासदको छनोट गरी केन्द्रीय कार्य समिति बैठकमा पेश गरिनेछ । त्यसका लागि केन्द्रीय कार्य समितिको बैठक पुस १५ मा बोलाइने भएको छ ।
पदाधिकारीे बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, समानुपातिक सभासद छनोटलगायतका विÈयमा छलफल भएको थियो । बैठकमा सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण्ँ सिटौला, सहमहामन्त्री पूणर््ँबहादुर खड्का, केन्द्रीय सदस्य रामशरण्ँ महत, अर्जुननरसिंह केसी, प्रवक्ता दिलेन्द्र बडुलगायतको सहभागिता थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete