Friday, December 6, 2013

संविधान नबनेसम्म राष्ट्रपतिका बारेमा विवाद नगरौं : कोइराला

राष्ट्रपतिका सम्बन्धमा नया“ जनादेशलाई कसरी लिने भन्ने कुरा पहिला टुंग्याऊ : खनाल
कोइराला–खनाल भेटवार्ता
काठमाडौं, २० मंसिर– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाबाट संविधान निर्माण नभएसम्मका लागि राष्ट्रपति र उपराष्ट्रपतिका विÈयमा विवाद नगर्न नेकपा एमालेको नेतृत्वलाई आग्रह गरेका छन् ।
एमाले स्थायी कमिटीको बुधबार सुरु भएको बैठकमा नया“ जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपति नवनिर्वाचित संविधानसभाबाट अनुमोदित हुनुपर्ने विषयमा छलफल भइरहेका बेला कोइरालाले राष्ट्रपतिका सवालमा अन्तरिम संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव एमाले अध्यक्ष झलनाथ खनालसमक्ष राखेका हुन् ।
कोइरालाले बिहीबार बिहान एमाले अध्यक्ष खनाललाई उनको राजधानीको डल्लुस्थित निवासमा भेटवार्ता गरी संविधान छिटोभन्दा छिटो बनाएर सहमतिका आधारमा नया“ राष्ट्रपति र उपराष्ट्रपतिको चयनको प्रक्रियामा जानुपर्ने र त्यसमा विवाद गर्न नहुने प्रस्ताव गरेका हुन् ।
खनालस“गको भेटपछि कोइरालाले अन्तरिम संविधानअनुसार संविधानसभाबाट नया“ संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपति स्वतः हट्ने भएकाले अहिले यस विÈयमा प्रवेश गर्न नहुने बताए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकले समेत संविधानसभाबाट एक वर्षमा संविधान जारी गर्नुपर्ने र त्यतिबेलासम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपति नै रहने अडान लिने निर्णय गरिसकेको छ ।  अन्तरिम संविधानमा समेत संविधानसभाबाट नया“ संविधान जारी नभएसम्म राष्ट्रपति बहाल रहने व्यवस्था छ ।
कोइरालाले सहमतिका साथ अघि बढ्न र छलफल गरी समझदारी कायम गर्दै सरकार र संविधान निर्माणमा सबै दललाई समेट्न आफ्नो दल लागिरहेको एमाले नेतृत्वलाई जानकारी गराएका थिए । ‘मैले खनालजीलाई संविधानसभाबाट नया“ संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपति स्वतः पदमुक्त हुन्छन् । तसर्थ सहमतिमा संविधान निर्माण गरी जारी नभएसम्म राष्ट्रपतिका बारेमा बखेडा नगरौं भन्ने पार्टीको धारणा राखें’ कोइरालाले भने ।
प्रत्युत्तरमा एमाले अध्यÔ खनालले जनताले दिएको नया“ म्यान्डेटलाई सम्मान गरी अघि बढ्नुपर्छ भन्दै राष्ट्रपति, सरकार र संविधान निर्माणसहित सबै विषयमा सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका थिए । उनले राष्ट्रपतिका सवालमा नया“ जनादेशलाई कसरी लिने भन्ने विषयलाई पहिला टुंग्याउनुपर्ने धारणा राखेका थिए ।
‘दुवै पार्टी (कांग्रेस र एमाले) बीच समग्र प्रक्रियाबारे छलफल गरी सहमति गर्नुपर्छ । मैले यही कुरा कोइरालालाई भनेको छु । राष्ट्रपतिका सम्बन्धमा नया“ जनादेशलाई कसरी लिने त्यसलाई पहिला टुंग्याउनुपर्छ । लोकतान्त्रिक मूल्यमान्यताअनुसार नै सहमतिका प्रक्रियाहरू निर्धारण हुनुपर्छ’ खनालले भेटपछि भने ।
दुवै नेताबीच नया“ संविधान निर्माण्ँ, सरकार गठन र शक्तिको बा“डफा“डलगायतका विÈयमा आपसी समझदारी बनाएर अघि बढ्ने विÈयमा छलफल भएको जानकारी खनालका स्वकीय सचिव रामबाबु अधिकारीले दिए । भेटवार्तामा खनालले जनताले कांग्रेस र एमालेलाई संविधानसभा चुनावमा जनताले मुख्य म्यान्डेट दिएकाले मुख्य दुई दलबीच समझदारी कायम गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
       
       



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete