Friday, December 20, 2013

कांग्रेसमा दोहो¥याएर समानुपातिक सभासद नबनाउन तीव्र दबाब

पार्टीको बैठक नगरी अरू दलसित वार्ता नगर्न नेतृत्वलाई चेतावनी
काठमाडौं, ५ पुस– कांग्रेसमा अघिल्लो संविधानसभामा समानुपातिक सभासद रहेकाहरूलाई दोहो¥याएर समानुपातिक सिटबाट सभासद नबनाउन तीव्र आवाज उठेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी नेतृत्वलाई दोहो¥याएर कसैलाई पनि समानुपातिक सिटबाट सभासद नबनाउन तीव्र दबाब दिएका हुन् ।
‘अघिल्लो संविधानसभामा महत्वपूर्ण भूमिका निर्वाह गरेका एकाधबाहेक कसैलाई पनि दोहो¥याएर समानुपातिक सिटबाट सभासद नबनाउनोस् । हिजो कुनै भूमिका नभएकालाई दोहो¥याएर समानुपातिक सिटबाट सभासद बनाइएमा हामी कार्यसमिति बैठकबाट त्यसलाई अस्वीकार गर्न पछि पर्दैनौं । पार्टीमा योगदान गरेकाहरूलाई मात्र समानुपातिक सिटबाट सभासद बनाउनुहोस्’ अधिकांश केन्द्रीय सदस्य भनाइ थियो ।
बैठकमा बोल्ने अधिकांशले नेताहरूको निवास धाउने ‘चाकरीदार’ लाई होइन पार्टीलाई जिताउन जनताका घरघरमा पुग्ने पार्टीका वफादार, क्षमतावान पुराना र युवा नेता तथा कार्यकर्ता मिलाएरलाई मात्र समानुपातिक सिटबाट सभासद बनाउनुपर्ने आवाज उठाएको जानकारी केन्द्रीय सदस्य नारायण खड्काले दिए ।
 उनीहरूले पारदर्शी मापदण्ड बनाएर संविधानसभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न तथा प्रतिपक्षीहरूको आक्रमणलाई प्रतिवाद गर्न सक्ने सक्षम र योग्य तथा पार्टीमा योगदान भएकाहरूलाई समावेशी ढंगले समानुपातिक सिटमा सभासद बनाउन नेतृत्वलाई आग्रह गरेका थिए । नेतृत्वलाई भागबण्डामा सभासद नछान्न चेतावनीसमेत दिएका थिए ।
समानुपातिक उम्मेदवार हुने, तर पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने गतिविधिमा संलग्न रहेकाहरूलाई सभासद होइन कारबाही गर्नसमेत सदस्यहरूले माग गरेका थिए ।
सदस्यहरूले कांग्रेसभित्रको घातप्रतिघातले दर्जनौं क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवार पराजित भएको फेहरिस्त राख्दै त्यस्ता पार्टी विरोधी गतिविधिमा लाग्ने नेता तथा कार्यकर्तालाई अनुशासन समितिबाट कारबाही गर्न माग गरेका थिए । अन्तरघातीलाई कारबाही नभए घातप्रतिघातको प्रवृत्ति बढ्ने र त्यस्तो रोग रहिरहेमा आगामी स्थानीय चुनावमा पार्टीले नराम्रोस“ग पराजय बेहोर्ने चिन्तासमेत उनीहरूको थियो ।
केन्द्रीय सदस्य मिन विश्वकर्माले घात–अन्तरघातका कारण्ँ पार्टीले २२ र टिकट वितरण्ँमा देखिएको समस्याका कारण्ँ १५ स्थानमा हारेको भन्दै ३५ निर्वाचन Ôेत्रको फेहरिस्थ बैठकमा प्रस्तुत गरेका थिए ।
केन्द्रीय सदस्यहरूले आ–आफ्ना क्षेत्र र जिल्लामा भएका अन्तरघात र असहयोगको प्रसंग उठाउ“दै अन्तरघातको आरोप लागेका केन्द्रीय सदस्यदेखि कुनै पनि तहको नेतालाई समानुपातिकबाट सभासद नबनाउन आग्रह गरेका थिए । ‘आरोप लागेका कुनै व्यक्ति सभासद हुन्छ भने पनि अन्तरघात गरेको प्रमाणित भएपछि उसलाई पार्टीले संविधानसभाबाट फिर्ता बोलाउने मापदण्ड बनाउनुपर्छ’ अधिकांशको आग्रह थिए ।
दाङ १ बाट विजयी पावर्ती डीसी चौधरी र ५ बाट विजयी दीपक गिरीले अन्तरघातका बीच पनि आफूहरू जितेको बताएका थिए । उनीहरूले नाम नलिईकन सांकेतिक रूपमा पार्टी नेता खुमबहादुर खड्का र उनकी पत्नीले अन्तघात गरेको बताएका थिए । अर्का सदस्य दीपकुमार उपाध्यायसहितका नेताहरूले भने हारको कारण्ँ अन्तरघात भएको जानकारी गराएका थिए । केहीले भने पार्टीले चुनाव खर्च नदिएका कारण आफूहरूले हार्नुपरेको गुनासो गरेका थिए ।
कांग्रेसमा संविधानसभा चुनावको लगत्तै पार्टी केन्द्रीय समितिमा छलफल नै नगरी अरू दलहरूसित अपारदर्शी ढंगले आफू खुसी वार्ता र छलफल गरेकामा नेतृत्वको तीव्र आलोचना भएको छ ।
बैठकमा बोल्ने धेरैजसो सदस्यले नेताहरू पार्टीको निर्णयबिना नै अरू दलसित वार्ता र छलफल सहभागी भएकामा आपत्ति जनाउ“दै वार्तामा को–को जाने भनेर कसले निर्णय गरेको हो भन्ने प्रश्न उठाएका थिए ।
‘अरू दलसित सरकार गठन, शक्तिको बा“डफा“ड र संविधान निर्माणका लागि वार्तामा जानुअघि पार्टी बैठक बसेर एजेन्डा तय गर्नुपर्छ । एजेन्डा तय भएपछि पार्टीले नै औपचारिक रूपमा वार्ता कमिटी गठन गरी अरू दलसित पारदर्शी ढंगले छलफल अघि बढाउनुपर्छ । लोकतान्त्रिक पार्टीले अपारदर्शी ढंगले वार्ता गर्ने परिपार्टी बन्द गर्नुपर्छ’ बैठकमा बोल्नेहरूले उठाएको आवाज उद्धृत गर्दै केन्द्रीय सदस्य नारायण खड्काले भने ।
बैठकमा अधिकांश सदस्यले एक स्वरमा एक वर्षभित्र संविधानसभाबाट संविधान निर्माणको सुनिश्चितता र स्थानीय चुनाव गराउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन् । ‘कांग्रेसलाई एक वर्षमा संविधान दिन्छ, स्थानीय चुनाव गराएर स्थानीय निकायमा भइरहेका भ्रष्टाचार अन्त्य गर्छ भनेर जनताले जिताएका हुन् । हामीले एक वर्षमा संविधानको सुनिश्चितता र स्थानीय चुनाव गराएर जनताको अपेक्षा पूरा गर्नुपर्छ’ बैठकमा बोल्नेहरूको भनाइ उद्धृत गर्दै केन्द्रीइ सदस्य नवीन्द्रराज जोशीले भने ।
सुशासन दिन नसकेकै कारण अघिल्लो संविधानसभाको सबभन्दा ठूलो दल एमाओवादी तेस्रो पार्टी हुन पुगेको उल्लेख गर्दै सुशासन दिन नसके कांग्रेसको पनि एमाओवादीकै हविगत हुनेतर्फ नेताहरू सचेत हुनुपर्ने सुझाव दिएका थिए ।
पार्टी प्रतिपक्षमा बस्नुपर्ने सुझाव
बैठकमा कतिपय सदस्यले संविधानसभा निर्वाचनपछि ठूलो पार्टी बनेको  कांग्रेसले एमालेस“ग मिलेर सरकार बनाउनुभन्दा प्रतिपÔमा बस्नु ठीक हुने सुझाव नेतृत्वलाई दिएका छन् ।
केन्द्रीय सदस्य विश्वकर्माले दलहरूले कांग्रेसलाई ठूलो पार्टीको हैसियतमा सहमतिको सरकारको नेतृत्व नदिए पार्टीमा प्रतिपÔमा बस्ने प्रस्ताव राखेका हुन् । ‘सहज ढंगले सहमतिको सरकार बनाउन पाउ“दा हामीले सरकारको नेतृत्व गर्नु स्वभाविक हो’ विश्वकर्माले भन्नुभयो– ‘सहमति हु“दैन भने प्रतिपÔमा बस्नुपर्छ । हामीलाई प्रतिपÔ नै फाप्दो रहेछ ।’
एमालेले सरकारको नेतृत्व गर्न र एमाओवादीलाई सहमतिमा ल्याउन असहयोग गरेकोसमेत उनको आरोप थियो ।
 एमाओवादीले खरिपाटीमा भेला गरेर कांग्रेसलाई प्रधानशत्रु भन्नु र एमालेले बल्खुबाट कांग्रेसस“ग सहकार्यस“गै प्रतिस्पर्धा हुन्छ भन्नु रूपमा फरक भए सारमा एकै भएको भन्दै विश्वकर्मा र रामचन्द्र तिवारीले भने– ‘एमालेस“ग प्रतिस्पर्धा नै गर्ने हो, प्रतिस्पर्धा गर्ने दलस“ग मिलेर सरकार बनाउनु पर्छ भन्ने छैन । बनाउ“छ भने अरूस“ग मिलेर सरकार बनाओस्, हामी प्रतिपक्षमा बनाउनुपर्छ ।’ उनीहरूले राष्ट्रपतिमा विवाद र एमाओवादीलाई सहमतिमा ल्याउन बाधक बनेर राजनीतिक धोकाधडी गरिरहेको आरोपसमेत उनीहरूको थियो ।













1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete