Friday, December 13, 2013

अख्तियारद्वारा प्रसाईंसहित छ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बैकलाई नोक्सानी पु¥याई गैरकानुनी लाभ लिएको जिकिर
काठमाडौं, २८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग विकास बैंक लि.का तत्कालीन कार्यकारी अध्यक्ष सीताराम प्रसाईंसहित छ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ ।
प्रसाईंलगायतका तीन अधिकारीले जम्मा १ लाख ८७ हजार ५ सय रुपैया“को जग्गालाई ७० लाखसम्मको अत्याधिक मूल्यांकन गरी सोहीबराबरको कर्जा प्रवाह गरी आफूहरूलाई गैरकानुनी लाभ र बैंकलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा घरेलु तथा साना उद्योग विकास बैंक लि. हाल यति डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष प्रसाईं, तत्कालीन महाप्रबन्धक भागवत श्रेष्ठ, तत्कालीन वरिष्ठ प्रबन्धक सुनिल गुरुङ, खोसी मार्केटिङ प्रालिका प्रोपाइटर केशवलाल खोसी श्रेष्ठ, निजका वारिस सुनिल प्रधान र मालपोत कार्यालय, सुनसरीका तत्कालीन खरिदार दिव्यराज घिमिरे छन् ।
प्रसाईंसहितका अधिकारीले श्रेष्ठलाई ऋण प्रवाह गर्दा बैंकलाई हानि नोक्सानी पु¥याउने बद्नियतले ऋणीस“ग मिलोमतो गरी महत्वपूर्ण कुरा हेर्दै नहेरी नक्कली नागरिकता एवं लालपुर्जासहितको धितो कागजातका आधारमा सुनसरी औरावनी– ५ को थैली १ लाख ८७ हजार ५ सय भएको दुई कित्ता जग्गालाई ७० लाखसम्मको अत्याधिक मूल्यांकन गरी सोही बराबरको कर्जा स्वीकृत गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । मालपोत कार्यालयका खरिदार घिमिरेको कम मूल्यको जग्गालाई बढी मूल्यको भनी प्रमाणित गर्नमा भूमिका रहेकाले उनीविरुद्ध समेत मुद्दा दायर गरिएको हो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete