Tuesday, December 17, 2013

देशभर बढी भार वहन क्षमताका गाडी चल्न नदिइने

काठमाडौं, २ पुस– देशभरका महत्वपूर्ण सडक सञ्जालहरूमा अत्याधिक भार वहन क्षमता भएका सवारी गाडीहरू चलाउनाले सडक भत्किने समस्या समाधानका लागि सरकारले तत्काल आठवटा कदम चाल्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा सोमबार बसेको भौतिक पूर्वाधार तथा यातायात र गृह मन्त्रालयका सचिव, तीनवटै सुरक्षा निकायको प्रमुखहरूको संयुक्त बैठकले अत्याधिक भार वहन क्षमता भएका सवारी साधन सञ्चालनमा तत्काल रोक लगाउनेसहित आठवटा सुधारका कदम चाल्ने निर्णय गरेको हो ।
अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागले मंगलबारदेखि नै बढी भार वहन क्षमताका सवारी साधनहरूको अनुगमन कार्य सुरु गरी एक महिनाभित्रमा नतिजा देखिने गरी नियन्त्रण गर्ने भएको छ ।
बढी भार वहन गाडी सञ्चालनमा रोक लगाउन सडक विभागले इटहरी, पथलैया, बुटवल, नेपालगन्ज, अत्तरिया, रामनगर, नौबीसे, नागढुंगा र धुलिखेलमा सवारी साधनहरू भारवहन क्षमता मापन गर्ने मेसिन तत्काल राखी यातायात विभागका कर्मचारी तथा प्रहरीहरू खटाई नियन्त्रणको काम सुरु गर्नेछ ।
विज्ञप्तिका अनुसार यातायातका साधनको क्षमताको चेक जा“च गरी बढी भार वहन गरेका गाडीलाई कानुनबमोजिम कारबाही गर्नका लागि यातायात विभाग र कार्यालयहरूलाई सहयोग गृह मन्त्रालयले तत्काल क्षेत्रीय प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनेछ ।
विभिन्न भन्सार नाकामा मालसामान आयात हु“दा बढी भार वहन क्षमता भएका गाडी प्रयोग गरेको पाइएमा भन्सार विन्दुबाटै त्यस्तो कार्यलाई निरुत्साहित गर्न थालिने भएको छ । यातायात व्यवसायीहरूस“ग समन्वय र छलफल गरी बढी भार वहन क्षमता भएका सवारी साधन प्रयोग गर्न नदिन भौतिक पूर्वाधार मन्त्रालयले पहल गर्ने भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागलाई बिग्रेका सडकहरू तत्काल मर्मत गर्न र यातायात विभागलाई बढी भार वहन क्षमताका गाडी सञ्चालन गर्न रोक लगाउन र चलाएको पाइएमा कारबाही गर्न निर्देशन दिएको छ ।
भौतिक पूर्वाधार तथा गृह मन्त्रालयबाट बढी भार वहन क्षमताका गाडी प्रयोगमा नियन्त्रण र बिग्रेका सडक मर्मत गर्नेलगायतका बैठकमा भएका निर्णय कार्यान्वयन नगरिएमा जिम्मेवार निकायका पदाधिकारीलाई अख्तियारले कारबाही गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete