Sunday, December 22, 2013

एसएसपी चन्दसहित चारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ७ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरीय प्रहरी आयुक्त कार्यालयका वरिष्ठ उपरिक्षक प्रेमबहादुर चन्दलाई अञ्चल प्रहरी कार्यालय बागमतीको प्रमुख हु“दा जग्गा खरिदका क्रममा भ्रष्टाचार गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विज्ञप्ति जारी गरी उक्त जग्गा खरिद÷बिक्रीमा भएको भ्रष्टाचारमा मिलोमतो गरेकामा थप तीन जग्गाधनीलाई समेत मुद्दा दायर गरिएको जनाएको  छ ।
अञ्चल प्रहरी कार्यालय बागमतीका लागि काभ्रेपलाञ्चोकको सा“गा– ६ को कित्ता नं. ८०८ को करिब साढे तीन रोपनी जग्गा खरिद गर्दा चन्दले जग्गाधनीहरूस“ग मिलेमतो गरी बदनियतपूर्वक सरकारलाई १ करोड ७९ लाख ८२ हजार ९ सय रुपैया“ नोक्सानी पु¥याई भ्रष्टाचार गरेकाले अख्तियारले उनीवरुद्ध मुद्दा दायर गरेको हो ।
२०६६ साल माघ २६ र २७ मा २ पटकसम्म १९ लाख ६६ हजार रुपैया“मा बिक्री भएको उक्त जग्गालाई चन्दले ३ महिना २० दिनपछि जग्गाधनीहरूस“ग मिलोमतो गरी १ करोड ९९ लाख ४८ हजार ८ सय ९६ रुपैया“मा खरिद गरी सरकारलाई १ करोड ८० लाख घाटा पु¥याई व्यक्तिगत लाभ लिएको जिकिर अख्तियारको अभियोगपत्रमा गरिएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार चन्द, जग्गाधनीहरू राजकुमार भालु, सुनिल राजवंशी र रामेश्वर कायस्थ गरी चार जनालाई १ करोड ८० लाख बिगो तिराउन र सोहीबराबरको जरिवाना तथा डेढ वर्ष कैद सजाय गर्न माग दाबी गरेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete