Friday, December 27, 2013

२ जना उपरथीमा, ३ सहायक रथीमा बढुवा

काठमाडौं, १२ पुस– सरकारले २ सहायक रथीलाई उपरथीमा र ३ महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाली सेनामा रिक्त रहेको २ उपरथी पदमा सहायकरथी हेमन्तराज कु“वर र  राजेन्दबहादुर कार्कीलाई बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । 
नेपाली सेनामा रिक्त रहेका तीन सहायक रथी पदमा महासेनानी दामोदर थापा, नवजीवन समसेर जबरा र शशिबहादुर सिंहलाई पदोन्नति गरि पदस्थापन गर्ने र ६ जना सहायक रथीलाई विभिन्न कार्यालयमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले दिए ।
पौडेलका अनुसार उपरथी पूर्णचन्द्र थापा सहित ४ जनालाई सरुवा गरिएको छ । नेपाली सेनामा रिक्त रहेको ४ महासेनानी पदमा प्रमुख सेनानी सुदर्शन सिलवालसमेत ४ जनालाई पदोन्नती गरी पदस्थापन गर्ने र ११ जना महासेनानीको नेपाली सेनाका विभिन्न कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ ।
जा“चबुझ आयोगको म्याद थप
सरकारले २०७० कात्तिक १२ मा स्याङ्जा जिल्लाको चापाकोट प्रहरी चौकीमा घटेको घटना सम्बन्धमा सत्य तथ्य पत्ता लगाई रायसुझावसहितको प्रतिवेदन पेस गर्न गठन गरेको जा“चबुझ आयोगको म्याद १० दिन थपेको छ । जा“चबुझ ऐन २०२६ बमोजिम गठित जा“चबुझ आयोगको म्याद २०७० मंसिर २८ सम्म थियो । तर, सो मितिदेखि लागू हुने गरी १० दिनको लागि थप गरिएको छ ।
राजिनामा स्वीकृत
राष्ट्रिय समाचार समितिका अध्यक्ष कोमल बरालले आफ्नो पदबाट दिएको राजिनामा पुस १ देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको छ । 



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete