Wednesday, December 18, 2013

यूएमएनको अर्बौंंको शेयर सरकारको नाममा ल्याउने तयारी

५० करोडको जग्गासहित हिमाल हाइड्रोमा यूएमएनको ११.४५ प्रतिशत शेयर
काठमाडौं, ३ पुस– ऊर्जा मन्त्रालयले खारेज भइसकेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपाल (यूएमएन) को हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडमा रहेको ५० करोड रुपैया“भन्दा बढी मूल्य पर्ने जग्गासहित ११ दशमलव ४५ प्रतिशत सेयर आङ्खनो नाममा हस्तान्तरण्ँ गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने भएको छ ।
अर्थमन्त्रालयले ऊर्जा मन्त्रालयलाई हिमाल हाइड्रोमा रहेको यूएमनको शेयर सरकारका नाममा हस्तान्तरण गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लान सहमति दिएको छ । ऊर्जा मन्त्रालयले एक÷दुई दिनमा नै यूएमनको शेयर आफ्ना नाममा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरेको छ । मन्त्रिपरिषदले निर्णय गर्नासाथ यूएमनको शेयर सरकारका नाममा हस्तान्तरण हुने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
सामाजिक संघसंस्था दर्ता ऐनअनुसार सामाजिक संस्था खारेज भएपछि उसका नाममा रहेको सम्पत्ति स्वतः सरकारको हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार कानुनतः खारेज भई अस्तित्वमा नै नरहेको सामाजिक संस्था यूएमनको सम्पूणर््ँ सेयर सरकारको नाममा ल्याउन ऊर्जा मन्त्रालयले गृहकार्य अघि बढाएको हो ।
नेपालमा सामाजिक संस्थाका रूपमा दर्ता भई समाज सेवाका नाउ“मा इसाई धर्म प्रचार गर्दै आएको यूएमएन मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएपछि काम गर्न नसकी फिर्ता भएपछि कानुनअनुसार नवीकरण्ँ नभएकाले स्वतः खारेज भइसकेको छ । खारेज भएपछि कानुनतः उसको सम्पत्ति स्वतः सरकारको भइसकेको छ । तर सरकारले सुरुमा बेवास्ता गरेका कारण्ँ यूएमएनको विभिन्न कम्पनीमा सेयरका रूपमा रहेको सम्पत्ति हालसम्म सरकारका नाममा हस्तान्तरण्ँ हुन सकेको छैन ।
उक्त यूएमएनको बुटवल पावर कम्पनी (बीपीसी) मा समेत २.७९ प्रतिशत सेयर रहेको छ । सरकारले यसअघि नै बीपीसीमा रहेको यूएमएनको सेयर निःशुल्क रूपमा आङ्खनो स्वामित्वमा ल्याइसकेको छ ।
सरकारले अर्को कम्पनी हिमाल हाइड्रोमा रहेको सेयरको स्वामित्व आङ्खनो नाममा हस्तान्तरण्ँ गर्न प्रक्रिया अघि बढाएको हो । यूएमएनले पञ्चायतकालमा नै थापाथली हाइटमा हिमाल हाइड्रोको नाममा साढे ५ रोपनी जग्गा खरिद गर्नुका साथमा आङ्खनो नाममा सेयर राखेको हो । उक्त जग्गामा यूएमएनको कार्यालयसमेत थियो । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जग्गा किन्न नमिल्ने भएकाले यूएमएनले हिमाल हाइड्रोका नाममा खरिद गरेको हो ।
थापाथलीको जग्गा आनाकै ५० लाख रुपैया“ पर्छ । सरकारलाई हस्तान्तरण्ँ हुनुपर्ने उक्त जग्गाको मूल्य ५० करोड रुपैया“भन्दा बढी पर्छ । सेयर बा“डफा“टसम्बन्धी समझदारी र कम्पनीको प्रबन्धपत्रमा भने हिमाल हाइड्रोको जग्गा यूएमएनको भएको उल्लेख छ ।
बेलायतमा यूएमएनको नाममा दर्ता भएको अर्को गैरसरकारी संस्थाका अधिकारीहरूले नेपालमा सशस्त्र द्वन्द्व सुरु हुनुअघि नेपालमा कार्यरत युनाइटेड मिसन टु नेपाल आङ्खनो संस्था भएको दाबी गर्दै त्यसको सेयर पुनः प्राप्त गर्न दौडधुप गर्दै आएका थिए । युरोपेली मुलुकहरूले समेत बेलायतमा दर्तावाला यूएमनलाई नै उक्त सेयर हस्तान्तरण्ँ गर्न नेपाल सरकारलाई तीव्र दबाब दि“दै आएका छन् । बेलायतमा दर्ता भएको यूएमएनका नाममा केही विदेशीले हिमाल हाइड्रोमा रहेको युनाइटेड मिसन टु नेपालको सेयर आफ्नो बनाउन लागिपरेपछिमात्र सरकारले उक्त सेयर आफ्नो नाममा हस्तान्तरणको गृहकार्य सुरु गरेको हो ।
२०३४ मा स्थापित हिमाल हाइड्रो जलविद्युत् आयोजनाको बा“ध, सुरुङजस्ता सिभिल निर्माण्ँको काम गर्ने प्रतिष्ठित कन्स्ट्रक्सन कम्पनी हो । सन् २०१२ जुनमा हिमाल हाइड्रोमा रहेको ७८ प्रतिशत अर्थात् ४ लाख ८३ हजार ९ सय १५ कित्ता सेयर ५४ करोड ४० लाख रुपैया“ चौधरी ग्रुप तथा भारतको कोस्टल प्रोजेक्टस लिमिटेडलाई बिक्री गरिएको छ । हिमाल हाइड्रोका योगेन्द्र श्रेष्ठसहितले कम्पनीमा आङ्खनो नाममा रहेको सेयर बेचेका हुन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete