Tuesday, December 3, 2013

थप दुई सचिव उदास र पाण्डेले पाए अवकास

सचिवविहीन निकाय छवटा पुगे
काठमाडौं, १८ मंसिर– थप दुई महत्वपूर्ण निकाय मन्त्रालय भूमिसुधार र रक्षा मन्त्रालय सचिवविहीन भएका छन् । भूमिसुधारका ज्ञानदर्शन उदास र रक्षाका आत्माराम पाण्डेले ५८ वर्ष उमेर पूरा गरी हालै अनिवार्य अवकास पाएपछि थप दुई मन्त्रालय सचिवविहीन भएका हुन् ।
उदास र पाण्डेको अवकासस“गै सचिव रिक्त निकायको संख्या ६ वटा पुगेको छ । भूमिसुधारमा वरिष्ठ सहसचिव कृष्णराज बीसी र रक्षा मन्त्रालयमा वरिष्ठ सहसचिव देवेन्द्र सिटौलालाई कामु सचिवको जिम्मेवारी दिइएको छ ।
यसअघि नै सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र उपराष्ट्रपति कार्यालय सचिवविहीन भइसकेका छन् । ती निकायमा वरिष्ठ सहसचिवहरू अनुपकुमार उपाध्याय, भोला शिवाकोटी, मधु रेग्मी र हरिकुमार श्रेष्ठलाई कामु सचिवको जिम्मेवारी दिइएको छ ।
सचिवहरू उदास, पाण्डे, नवीनकुमार घिमिरे, हरिराम कोइराला, उद्धव बा“स्कोटा र धरणीधर खतिवडाले अवकास पाएपछि ६ वटा निकाय सचिवविहीन भएका हुन् । पुस र असार मसान्तमा मात्र वरिष्ठ सहसचिवहरूमध्येबाट सचिवमा बढुवा गर्ने कानुनी व्यवस्था भएकाले कम्तीमा पनि थप डेढ महिना ती निकाय प्रशासनिक नेतृत्वविहीन रहनेछन् ।














1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete