Saturday, December 28, 2013

एमालेका समानुपातिक सभासद को को ?

काठमाडौं, १३ पुस– एमालेले संविधानसभामा जाने समानुपातिका तर्फका ८४ जना सभासदको टुंगो लगाएको छ । एमालेको स्थायी समितिको बैठकले शुक्रबार साझ समानुपातिकका सभासदको टुंगो लगाएको हो ।
एमाले सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यÔ अमृतकुमार बोहोरा, स्थायी समितिका सदस्य भरतमोहन अधिकारी, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, तुलराज बिष्ट र पशुपति चौलागाईंलाई समानुपातिकबाट सभासद बनाउने निणर््ँय भएको  छ ।
बैठकले आदिवासी जनजातिलाई पनि प्राथमिकतामा राख्दै समानुपातिकबाट सभासद बनाएको छ । आदिवासी जनजातिबाट समानुपातिकमा सभासद हुनेमा स्याङजाका गण्ँेशमान गुरुङ, ललितपुरका सिद्दिलाल सिंह, धादिङका गंगाधर तुलाधर, काठमाडौंका विनोद श्रेष्ठ, तुलबहादुर गुरुङ, इच्छाराज तामाङ, राजधानी दैनिकका मालिक महेन्द्र शेरचन, बाग्लुङका नरबहादुर थापा मगर, रोल्पाका गोकुल घर्तीसहित छन् ।
दलित समुदायको प्रतिनिधित्व गर्दै चुडामण्ँि जंगली, टेकु नेपाली, जीतु गौतम, ज्ञानु गैरे, अफिलाफ उखेडा, शारदा सुवणर््ँकार, शिवकुमारी गोतामे र भागवत विश्वासीलाई पनि सभासद बनाइएको छ ।
मधेसीबाट रामचन्द्र साह, सत्यनारायण्ँ मण्डल, धर्मनाथ साह र कृपाराम राना, शीतल झासहितलाई पनि एमालेले सभासद बनाउने निणर््ँय गरेको छ ।
स्थायी समितिको बैठकले एमाले केन्द्रीय सदस्य रहनुभएका सबै महिलाहरुलाई समानुपातिकबाट सभासद बनाउने निणर््ँय गरेको छ । सभासद भएका महिलाहरुमा उपाध्य विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, जयन्ती राई, कल्पना चापागाई, गरिमा साह, कमला सुवेदी, गौरी ओली, ममता गिरी, श्रीमाया थकाली, कमला महतो, रञ्जना सरकार र टुका हमाल छन् ।  महिलाबाट सभासद बनेका अन्यमा शान्ता मानवी र विराटनगरकी उद्योगपती राज्यलक्ष्मी गोल्छा पनि समानुपातिक सभासद बन्नुभएको छ ।
को को हस्ती परेनन् ?
संीवधानसभामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हस्तीहरू एमालेको समानुपातिक सभासदमा परेनन् । नपर्नेमा पार्टीका प्रभावशाली नेताहरू प्रदीप नेपाल, मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, खगराज अधिकारी, किरण्ँ गुरुङ, परशुराम मेघीगुरुङ, माधव पौडेल, बेदुराम भुसाल, भानुभक्त जैसी परेनन् । अनेरास्ववियुका तीनजना पूर्वअध्यÔहरू राजेन्द्र राई, रामकुमारी झा“क्री र ठाकुर गैरे तथा  पूर्व सचिव रचना खड्का, नायक भुवन केसीको नाम पनि सभासदको सूचीमा परेको छैन ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete