Wednesday, December 18, 2013

वरिष्ठ इन्जिनियर डंगोलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ३ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोलविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
डंगोलले गैरकानुनी रूपमा आर्जन गरेको १ करोड ४२ लाख रुपैया“बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको र भतिजा अनुजबहादुर सिंहको नाममा १ करोड ८ लाख रुपैया“ तथा  बा ७ च ६७५३ नं.को सेब्रोलेट गाडी लुकाएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको जानकारी अख्तियारले दिएको छ ।
अख्तियारले गैरकानुनी रूपमा आर्जन गरको सम्पत्तिको स्रोत खुलाउन नसकेको हु“दा डंगोललाई भ्रष्टाचार निवारण ऐनअनुसार भ्रष्टाचारको कसुरमा १ करोड ४२ लाख बिगो र सोहीबराबरको जरिवाना तथा डेढ वर्षको कैद सजाय गर्न माग दाबी गरेको छ ।
गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन सहयोग गरेकामा डंगोलका भतिजा सिंहका विरुद्धसमेत अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले सिंहको नाममा रहेको १ करोड ८ लाख रुपैया“ र सेब्रोलेट स्पार्क गाडी भ्रष्टाचार ऐनबमोजिम जफत गर्नसमेत दायर मुद्दामा माग दाबी गरेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete