Saturday, May 9, 2020

फाजिलमा रहेका सयौं कर्मचारीलाई स्थानीय तहमा पठाइने

काठमाडौं, २७ वैशाख– लामो समयदेखि तलबभत्तासमेत नपाएका कारण सिंहदरबार धाउँदै आएका फाजिलमा रहेका सर्यौं कर्मचारीहरूको समस्या समाधान हुने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कर्मचारीलाई स्थानीय तहहरूको रिक्त दरबन्दीमा व्यवस्थापन गर्ने भएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई दुईपटक लिखित ताकेता गरी रिक्त दरबन्दीको विवरण मागेको छ । 

रिक्त दरबन्दीको विवरण आउनासाथ फाजिलमा रहेका कर्मचारीहरूलाई मिल्दो पदमा व्यवस्थापन सुरु गरिने जानकारी संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले दिए ।

संघीय मामिला मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट फाजिलका कर्मचारी स्थानीय तहमा व्यवस्थापन गर्न लागेको हो । स्थानीय तहमा हाजिर भई कामकाज गर्न थालेपछि उनीहरूले तलबभत्ता पाउन थाल्ने र लामो समयदेखिको फाजिलको समस्या समाधान हुने विश्वास संघीय मामिला मन्त्रालयको छ ।
 डेढ वर्षअगाडि टुंगिएको कर्मचारीको समायोजन प्रक्रियामा छुटेका कारण कुनै पनि कार्यालयमा व्यवस्थापन हुन नसक्ता ती कर्मचारी फाजिलमा परेका हुन् । कार्यालय नै नतोकिएका कारण ती कर्मचारीले अहिलेसम्म तलब पाउन सकेका छैनन् । त्यस्ता कर्मचारीको संख्या ५ सयको हाराहारीमा रहेको मन्त्रालयको दाबी छ ।
संघीय मामिला मन्त्रालयका अनुसार कतिपय स्थानीय तहहरूमा दरबन्दीभन्दा कम कर्मचारी छन् भने कतिपयमा करारमा कर्मचारी राखिएको छ । रिक्त र अस्थायी कर्मचारी रहेका ठाउँमा फाजिलमा रहेका स्थायी कर्मचारीलाई व्यवस्थापन गरिने छ ।

No comments:

Post a Comment