Sunday, May 24, 2020

थप ८ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुने

काठमाडौं, १० जेठ– सरकारले ५ वटा प्रदेशका ८ स्थानीय तहमा औद्योगिक ग्राम विकास गर्ने निर्णय गरेको छ । चालू आर्थिक वर्षको सुरुमै सरकारले ३७ वटा पालिकामा औद्योगिक ग्राम विकास गर्ने घोषणा गरी काम सुरु गरिसकेको छ । ८ वटा थपिएपछि मुलुकमा औद्योगिक ग्रामको संख्या ४५ वटा पुगेको छ ।

सरकारले प्रदेश १ मा धनकुटाको छथर जोरपाटी र पाख्रिबास, प्रदेश २ मा हरिऔन, बागमती प्रदेशमा काभ्रेको रोशी, प्रदेश ५ मा नवलपरासीको बर्दघाट र प्युठानको स्वर्गद्वारी, गण्डकी प्रदेशमा पर्वतको जलजला र तनहुँको बन्दीपुरमा औद्योगिक ग्राम विकास गर्ने निर्णय गरेको जानकारी उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरेले दिए ।

घिमिरेका अनुसार सरकारले जेठको पहिलो साता ती स्थानीय तहलाई औद्योगिक विकास गर्न ९२ लाख रुपैयाँका दरले बजेट निकासा गरेको छ । ती ८ वटै पालिकाले औद्योगिक ग्राम विकास गर्न आवश्यक जग्गा खोजिसकेका छन् । औद्योगिक ग्रामको सञ्चालन पालिका नै गर्छन् । 
पालिकाहरूले केन्द्रले दिएको बजेट र आफ्नोसमेत लगानीमा औद्योगिक ग्राममा सडक, बिजुली, खानेपानी, सञ्चारलगायतका आवश्यक भौतिक पूर्वाधार र सुविधा पु¥याई उद्योगहरू स्थापनाको वातावरण बनाउने जानकारी घिमिरेले दिए । प्रदेश सरकारले समेत आफ्नो बजेटबाट ती औद्योगिक ग्रामको विकास र प्रवद्र्धन गर्न आवश्यक आर्थिक सहयोग गर्न सक्ने जानकारी घिमिरेले दिए 
ती औद्योगिक ग्राममा स्थानीय लगानी र स्थानीय कच्चा पदार्थको प्रवद्र्धन हुने गरी उद्योगहरू स्थापना गरिने छ । औद्योगिक ग्राममा स्थानीय उद्यमशीलतालाई प्रोत्साहित गरी धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नु र पालिकाहरूमा उत्पादनशीलता बढाउनु रहेको जानकारी उद्योग मन्त्रालयले दिएको छ । ती औद्योगिक ग्रामको स्वामित्व स्थानीय तहमा रहने छ ।


No comments:

Post a Comment