Friday, January 11, 2013

लोकसेवाको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत

काठमाडौं, २७ पुस– लोकसेवा आयोगले राष्ट्रपति रामवरण यादवलाई आफ्नो त्रिपन्नौं वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति निवासमा शुक्रबार आयोजित कार्यक्रममा आयोगकी अध्यक्ष कयोंदेवी यमीले प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।
आयोगले एक वर्षको अवधिमा निजामती सेवामा रिक्त ३ हजार ५ सय ९२ पदका लागि विज्ञापन गरेकामा २ लाख ७१ हजार ५ सय ७७ जनाले परिक्षा दिएको र त्यसमा राजपत्रांकित ५ सय ८७, राजपत्र अनंकित ३ हजार २६ र श्रेणीविहीन २ सय ५ जनालाई नियुक्तिका लागि सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार समावेशीबाट महिला ३ सय ५२ जना, आदिबासी जनजाति २ सय ७०, मधेसी २ सय १२, दलित ९९, अपांग ४० र पिछडिएको क्षेत्रबाट ३० जना उत्तीर्ण भएका थिए । समावेशीतर्फ १ हजार २ सय ८३ पदका लागि विज्ञापन गरिएकामा १ लाख ११ हजार २ सय ८३ पदका लागि दरखास्त परेको र समावेशीमा उम्मेदार हुनेमा सबभन्दा बढी महिला ५५ हजार ९ सय ५८ र सबभन्दा कम पिछडिएको क्षेत्रबाट २ हजार ८ सय ३२ उम्मेदार रहेको प्रतिवेदनमा उल्लेख छ ।

No comments:

Post a Comment