Wednesday, January 16, 2013

राजधानीकै निकुञ्ज र सामुदायिक वनको सयौं रोपनी जग्गा अतिक्रमण

  • अतिक्रमित जग्गामा धमाधम बस्ती बसालिंदै
  • सरकारले सुरक्षा नदिएका कारण अतिक्रमण रोक्न नसकिएको हो : वन मन्त्रालय 
काठमाडौं, ३ माघ– गुण्डा र अतिक्रमणकारीले राजधानीकै निकुञ्ज र सामुदायिक वन फडानी गरी अर्बौं रुपैया“ पर्ने जग्गा अतिक्रमण गरेका छन् । राजधानीमै यति ठूलो मात्रा वन र सार्वजनिक जग्गा अतिक्रमण भइरह“दा पनि प्रहरी प्रशासन मुकदर्शक बन्दै आएको र त्यही कारण अतिक्रमणकारीहरूको मनोबल बढ्दै गएको वन मन्त्रालयका अधिकारी बताउ“छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले आवश्यक सुरक्षा नदिएका कारण वन मन्त्रालय र काठमाडौं जिल्ला वन कार्यालयका अधिकारीहरू राजधानीमै संरक्षित र सामुदायिक वन धमाधम अतिक्रमण भइरह“दा पनि टुलुटुलु हेरेर बस्न बाध्य भएको जानकारी स्रोतले दिएका छन् ।
अतिक्रमणकारीहरूले गुण्डाको बलमा पहिला वन फ“डानी गर्ने र पछि त्यही जग्गा बेचेर धमाधम बस्ती बसाउने गरेका छन् । अतिक्रमणकारीले अतिक्रमित वनलाई आफ्नो नापी छुट जग्गा हो भन्दै करोडौं रुपैया“मा बेची कतिपय ठाउ“मा बस्ती नै बसालिसकेका छन् । छुट जग्गा दर्ता भएपछि पास गरिदिने शर्तनामासहितको कागज गरी अतिक्रमणकारीले उक्त सयौं रोपनी जग्गा धमाधम बेचिरहेको जानकारी सरकारी अधिकारी र स्थानीयबासीले दिएका छन् ।
गुण्डा र अतिक्रमणकारीले काठमाडौंको विष्णु बुढानीलकण्ठ, सा“खु, दक्षिणकाली र मच्छेगाउ“, दहचोक, धर्मस्थली, झोर महांकाललगायतका दर्जनौं क्षेत्रमा वन क्षेत्र र सार्वजनिक जग्गा हडपेर बेचबिखन गरिरहेको पाइएको छ ।
सबभन्दा बढी अतिक्रमणको चपेटामा राजधानीको प्रसिद्ध धामिर्कस्थल बुढानीलकण्ठनजिक भसमथलीस्थित शिवपुरी निकुञ्ज, सामुदायिक वन क्षेत्र र सार्वजनिक जग्गा परेको जानकारी सरकारी अधिकारीले दिएका छन् । यो क्षेत्र राजधानीको मुटुबाट नजिकका साथै वातावरणीय दृष्टिले उत्तम र मह“गो भएकाले त्यहा“ बढी अतिक्रमण भइरहेको जानकारी स्थानीयबासीले दिए ।


काठमाडौैंका डिएफओ प्रकाशनाथ प्याकु¥यालले राजधानी उपत्यकाका चारैतिर अतिक्रमण बढिरहे पनि सीमित स्रोतसाधन र सुरक्षा व्यवस्थाको अभावले आफूहरू टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए । ‘हामीले सामुदायिक वन भनेर हस्तान्तरण गरेका ठाउ“मा तस्कर र गुण्डा मिलेर अतिक्रमण गरी जग्गा किनबेच गरिरेका छन्’ प्याकु¥यालले कान्तिपुरसित भने– ‘हामी एक्लै (वन कार्यालय) ले अतिक्रमण रोक्न सक्दैनौं, सरकारले आवश्यक सुरक्षा नदिएकाले हामीले केही गर्न नसकेका हौंंं ।’
अतिक्रमणकारीले बुढानीलकण्ठ गाविसको वडा नंं. ६ मा पर्ने भसमथली शिवपुरी निकुञ्ज र सामुदायिक वनको १२ रोपनीभन्दा बढी वन क्षेत्र अतिक्रमण गरी बस्ती नै बसालिसकेका छन् । वन अतिक्रमण गरी बसालिएको बस्तीको नाम सुन्दरबस्ती राखिएको छ । उक्त क्षेत्रमा अतिक्रमणकारीबाट जग्गा किन्नेहरूले ब्लक र टिनले २२ वटा घर बनाएर बस्न थालिसकेका छन् भने दुइटा घर बनिरहेका छन् । अतिक्रमित जग्गामा सुनिल पौडेल नामका व्यक्तिले एउटा होटलसमेत बनाएर सञ्चालन गरिरहेका छन् ।
गाविस सचिवलाई धम्क्याएर र घुस खुवाएर सिफारिस लिई अतिक्रमणकारीहरूले उक्त क्षेत्रमा जग्गा किनेर घर बनाउनेलाई बिजुलीको लाइनसमेत जोडिदिने गरेका छन् । उक्त क्षेत्रका बासिन्दाले घरघरमा टिभी कुबेलसमेत जोडिसकेका छन् ।
बुढीनीलकण्ठ– ६ भसमथलीका शिवराम भण्डारी, नहकुल भण्डारी, रामकृष्ण खत्री, रामचन्द्र खत्रीलगायतले निकुञ्ज र सामुदायिक वन फ“डानी गरी काठ बेचेर उक्त जग्गा सर्वसाधारणलाई बेचेको जानकारी उक्त क्षेत्रका बासिन्दाले जानकारी दिए । उनीहरूलाई अतिक्रमण नगर भन्दा मारिदिनेसम्मको धम्की दिने गरेका कारण आफूहरू चूप लाग्न बाध्य भएको उक्त क्षेत्रका बासिन्दा बताउ“छन् ।
फुटबल मैदान बनाउने भन्दै अवैध ढंगले विष्णु बूढानीलकण्ठ–६ स्थित दुई रोपनी वन क्षेत्रमा हालै डोजर लगाउनेलाई वन कार्यालय काठमाडौंले कारबाही प्रक्रिया अघि बढाएको छ । बुढानीलकण्ठ गाविसका शिवराम भण्डारीलगायतको टोलीले करिब दुई साताअघि शिवपुरी÷नागार्जुन निकुञ्जस“गै जोडिएको दुई रोपनी वन क्षेत्र अतिक्रमण गरी डोजर लगाएर सम्याएका छन् । उनीहरूले उक्त ठाउ“को काठसमेत बेचिसकेका छन् । उनीहरूले पहिला वन अतिक्रमण गर्ने र पछि आफ्नो नापी छुट जग्गा हो भन्दै लाखौं रुपैया“ आनामा बेचेर करोडौं आर्जन गर्ने गरेका छन् ।
भण्डारीलगायतले फुटबल मैदान निर्माणका नाममा वन क्षेत्र डोजर लगाएर सम्याएका हुन् । स्थानीयबासीलाई झुक्याएर अतिक्रमण गर्न उनीहरूले भण्डारीकै अध्यक्षतामा फुटबल निर्माण समिति बनाएर अतिक्रमण गरेका हुन् ।
काठमाडौंका डीएफओ प्याकु¥याललगायतको टोलीले स्थलगत अध्ययनका क्रममा फुटबल मैदान बनाउने बहानामा सुरुमा बालुवा र ढुंगा व्यापार गर्ने र पछि जग्गा बेच्ने उद्धेश्यले वन क्षेत्र फडानी गरेको निष्कर्ष निकालेको छ ।
उनले वन र सार्वजनिक जग्गा अतिक्रमण गरी किनबेच गर्नेलाई हटाउन ठूलो बल प्रयोग गर्नुपर्ने भएकाले सीमित बजेट र कर्मचारीका कारण बढ्दो अतिक्रमण र अनियमिततालाई रोक्न नसकिएको स्वीकार गरे । उनका अनुसार सबभन्दा बढी बुढानीलकण्ठ क्षेत्रमा तस्करहरूले वनको जग्गामा आ“खा गाडेर अतिक्रमण गर्दै आएका छन् । उनले उक्त क्षेत्रमा सुनिल पौडेल नामका व्यक्तिले वनको जग्गा कब्जा गरी होटल बनाएर चलाउ“दै आए पनि कारबाही गर्न नसकिएको जानकारी दिए ।












No comments:

Post a Comment