Monday, January 28, 2013

सिंहदबारमा ५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्ने तयारी

काठमाडौं, १५ माघ– ऊर्जा मन्त्रालयले सरकारको केन्द्रीय सचिवालय सिंहदरबारमा पा“च मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सोलार पावर प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । सिंहदरबारभित्र रहेका सम्पूर्ण कार्यालय र आसपासका सरकारी कार्यालयका लागि आवश्यक सौर्य ऊर्जा आपूर्ति गर्न सिंहदरबारभित्र सोलार प्लान्ट स्थापना गर्न लागिएको हो ।
सरकारको लोडसेडिङ न्युनीकरण कार्ययोजनाअनुसार मन्त्रालयले आगामी ६÷७ महिनाभित्रै सोलार पावर प्लान्ट स्थापना गर्न हाइड्रो चाइना नामक चिनिया“ कम्पनीसित समझदारीपत्रमा हस्ताक्षर गरेको ऊर्जाका अधिकारीले दिएका छन् । समझदारीपत्रमा ऊर्जा मन्त्रालयका सहसचिव श्रीरञ्जन लाकौल र हाइड्रो चाइनाका डाइरेक्टरले हस्ताक्षर गरेका छन् ।
सोलार प्लान्टबाट उत्पादन हुने पा“च मेगावाट विद्युत् सिंहदरबारभित्र र बाहिर नजिकका कार्यालयलाई बढी हुने भएकाले बा“की बिजुली विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिने जानकारी ऊर्जा एक अधिकारीले दिए । ‘सिंहदबारभित्र रहेका कार्यालयमा दैनिक ३ मेगावाट बिजुली खपत हु“दै आएको छ । सोलारबाट उत्पादित बिजुलीमध्ये साढे तीन मेगावाट सिंहदरबारभित्र र बाहिरका प्रमुख कार्यालयलाई दिने र बा“की प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ’ ती अधिकारीले भने ।
ती अधिकारीका अनुसार सिंहदबारमा सोलार प्लान्ट राखिएपछि सबभन्दा बढी विद्युत् खपत हुने काठमाडौं उपत्यकाको थोरै भए पनि माथ घटाउन मद्दत पुग्नेछ । केन्द्रीय सचिवालयमा क्लिन इनर्जी प्रयोग भएपछि यसको आकर्षणसमेत अझ बढ्नेछ । सोलार प्लान्ट स्थापना गर्न प्रतिमेगावाट करिब २६ करोड ४० लाखको दरले करिब १ अर्ब ३२ करोड रुपैया“ लाग्ने अनुमान छ । सौर्य ऊर्जाबाट उत्पादित बिजुली जलविद्युत्भन्दा दोब्बर पर्छ । सोलार प्लान्टबाट उत्पादित बिजुली ब्याट्रीमा स्टोर नगरी सोझै दिनभर प्रयोग गरिनेछ । सिंहदरबारलाई दिनभरका लागिमात्र बिजुली चाहिने भएकाले सोलार प्लान्टबाट दिनभरमात्र उत्पादन हुने बिजुली सोझै प्रयोग गरिनेछ ।
सिंहदरबारभित्र सोलार प्लान्ट स्थापना गर्न प्रस्ताव गरेको चाइना हाइड्रो चिनिया“ सरकारी कम्पनी हो । सरकारले सोलार प्लान्ट चिनिया“ अनुदान सहयोगमा निर्माण गर्न चीन सरकारसित आग्रह गर्ने भएको छ । सहयोग गर्न चीन सरकार सकारात्मक रहेकोसमेत स्रोतले उल्लेख गरेको छ । ऊर्जा मन्त्रालयका अधिकारीले सोलार प्लान्टका लागि चीन सरकारसित सहयोगका लागि औपचारिक पहल गरिदिन अर्थमन्त्रालयलाई आग्रह गरिएको जानकारी दिए ।
चीन सरकारबाट सहयोग आउने बित्तिकै चिनिया“ कम्पनीले अध्ययन गरी छ महिनामै प्लान्ट स्थापना गरी सौर्य ऊर्जा उत्पादन गर्न थाल्नेछ । सिंहदरबारभित्र रहेका सबै भवनका छतमा सोलार प्यानल राखिने भएको छ । सिंहदरबारभित्र ४० वटा भवन छन् ।
५ मेगावाट क्षमताको आयोजनाका लागि सोलार प्यानल राख्न ठूलो ठाउ“ चाहिने भएकाले सबै भवनका छतमा प्यानल राखिने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।  ती सबै भवनका छतमा रहेका बिजुली प्रसारण लाइनमा जोडी सिंहदरबारभित्र र बाहिरका सबै कार्यालयमा उपयोग गरिनेछ । सिंहदरबार बाहिर नजिकको दुरीमा सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, जिविस कार्यालय काठमाडौं, सडक विभाग, कर कार्यालय, महालेखा परिक्षकको कार्यालय, महालेखा नियन्त्रकको कार्यालय, भवन विभागलगायतका कार्यालय छन् । ती कार्यालयमा समेत सौर्य ऊर्जा प्रयोग गरिनेछ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले समेत सिंहदरबारमा सोलार प्लान्ट स्थापना गर्न अध्ययन गरेको थियो । केन्द्रले सिंहदरबारभित्रका सबै कार्यालयका लागि ३.५ मेगावाट क्षमताको सोलार प्लान्ट आवश्यक पर्ने निष्कर्ष निकालेको थियो ।


No comments:

Post a Comment