Tuesday, January 15, 2013

प्रधानमन्त्रीसित मेरो विवाद छैन : मुख्यसचिव

काठमाडौं, २ माघ– मुख्यसचिव एवं विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौडेलले प्रधानमन्त्री बाबुराम भट्टराईसित आफ्नो कुनै मतभेद नरहेको बताएका छन् ।
उनले प्राधिकरणको सञ्चालक समितिको बैठकबाट डिजेल प्लान्टको टेन्डर प्रक्रिया रद्द गरेको विषयलाई लिएर प्रधानमन्त्रीले आफू कुनै किसिमको दबाब नदिएको र र आक्रोशसमेत व्यक्त नगरेको दाबी गरेका छन् ।
‘लोडसेडिङ न्युनीकरण कार्ययोजनाको उद्धेश्य थर्मल प्लान्ट ल्याएर लोडसेडिङलाई १२ घन्टामा सीमित गर्ने हो । त्यसैअनुरूप प्रक्रिया अघि बढाउ“दा लागत मह“गो पर्ने भएकाले सञ्चालक समितिले सर्वसम्मतिबाट थर्मल प्लान्ट खरिदको टेन्डर प्रक्रिया खारेज गरेको हो’ पौडेलले भने– ‘यसबारेमा प्रधानमन्त्रीले कुनै किसिमको दबाब दिनुभएको छैन, आक्रोश पनि व्यक्त गर्नुभएको छैन ।’
पौडेलले माथिल्लो त्रिशुली ३ ए को क्षमता बढाउनेबारेमा आफूले कसैसित पनि कुनै अभिव्यक्ति नदिएको दाबीसमेत गरेका छन् । ‘सरकारको नीतिविपरीत अभिव्यक्ति दिंदै हिड्ने मेरो कुनै कानुनी र नैतिक अधिकार पनि छैन’ उनले भने ।
उनले आफ्ना सहयोगीलाई हवाला दिंदै आफूले प्रधानमन्त्रीलाई आक्षेप लाग्ने खालको समाचार आएकामा आफूलाई दुःख लागेको उल्लेख गर्दै उक्त त्यसमा कुनै सत्यता नभएको दाबीसमेत गरेका छन् । ‘मैले मेरो कुनै सहयोगीस“ग यी दुवै विषयमा कहिल्यै कुनै कुराकानी गरेको छैन’ उनको दाबी छ ।
पौडेलले प्रधानमन्त्री र आफूबीचको सम्बन्धमा दरार ल्याउने मनसायले कसैले पनि गलत सूचना प्रवाह नगरिदिनसमेत आग्रह गरेका छन् । उनले आफूसित जोडिएको संवेदनशील विषयमा समाचारको आधिकारिकताका बारेमा आफूििसत पुष्टि गरेरमात्र समाचार प्रकाशित गर्न आग्रह गरेका छन् ।


No comments:

Post a Comment