Friday, January 4, 2013

मन्त्रिपरिषद्द्वारा दाहाललाई विशिष्ट श्रेणीमा बढुवा

काठमाडांै, २० पुस– सरकारले वरिष्ठ सहसचिव हरि दाहाललाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सहसचिवमा १५ वर्ष सेवा अवधि पूरा गरेका र ५८ वर्ष उमेर पुगी अवकाश पाउन एक महिना बा“की रहेका दाहाललाई निजामती ऐनअनुसार विशिष्ट श्रेणीमा बढुवा गरेको हो ।
निजामती सेवा ऐनमा सहसचिवमा १५ वर्ष पूरा गरेका र अवकाश पाउन एक महिना बा“की रहेकालाई मन्त्रिपरिषद्ले  विशिष्ट श्रेणीमा बढुवा गर्ने व्यवस्था छ । २०५४ साउन ३० मा सहसचिवमा बढुवा भएका दाहालले ५८ वर्ष उमेर पुगी आगामी माघ २३ मा ५८ वर्ष उमेर पुगी अनिवार्य अवकाश पाउ“दैछन् ।

No comments:

Post a Comment