Tuesday, January 8, 2013

नक्कली प्रमाणपत्रधारी डीएसपी थापा निलम्बित

काठमाडौं, २४ पुस– प्रहरी प्रधान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकताका आधारमा सेवा प्रवेश गरेका प्रहरी नायव उपरिक्षक (डीएसपी) बालकृष्ण थापालाई निलम्बन गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा प्रहरी प्रधान कार्यालयले थापालाई सेवाबाट निलम्बन गरेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार केन्द्रले थापाका बारेमा परेको उजुरीमा छानबिन गर्दा उनले प्रहरी निरीक्षकमा २०४९ सालमा सेवा प्रवेश गर्दा पेस गरेको बीएस्सीको शैक्षिक प्रमाण नक्कली देखिएको र नागरिकतामा समेत कैफियत देखिएको ठहर गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगलाई सिफारिस गरेको थियो ।
केन्द्रमा थापाले नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकतामा उमेर सच्याई प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरेकाले कानुन बमोजिम कारबाही गरी पाऊ“ भन्ने व्यहोराको उजुरी परेपछि केन्द्रले छानबिन गरेको हो ।
विभिन्न जिल्लामा प्रहरी प्रमुख भएर कार्य गरिसकेका थापा निलम्बन हुनुअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

No comments:

Post a Comment