Tuesday, January 8, 2013

तराईमा शीतलहरबाट पीडित जनतालाई तत्काल विशेष राहत उपलब्ध गराइने

मन्त्रिपरिषदबाट शीतलहरबाट मृत्यु भएका परिवारलाई राहत रकम दिने निर्णय
काठमाडौं, २४ पुस – सरकारले तराई–मधेसमा केही दिनदेखि जारी शीतलहरबाट पीडित विपन्न जनतालाई तत्काल विशेष राहत उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शीतलहरबाट पीडित तराई–मधेसका जनतालाई स्थानीय प्रशासन, सामाजिक संघसंस्था, टिम्बर कर्पोरेसन र जिल्ला वन कार्यालयबाट एकीकृत रूपमा तत्काल विशेष राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए ।
पुनका अनुसार सरकारले शीतलहरबाट तराई–मधेसमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको छ । कति रकम उपलब्ध गराउने भन्ने जानकारी भने सरकारले दिएको छैन । शीतलहरका कारण तराई–मधेसमा दर्जनौ व्यक्तिको मृत्यु भइसकेको छ ।
मन्त्रिपरिषदले शीतलहरबाट पीडित  विपन्न वर्गका हरेक परिवारलाई एक÷एकवटा कम्बल र चिसोबाट बच्न वन तथा टिम्बर कर्पोरेसनबाट तत्काल काठदाउरा उपलब्ध गराउने निणर््ँयसमेत गरेको जानकारी पुनले दिए । शीतलहरबाट प्रभावित Ôेत्रमा स्थानीय प्रशासन र संघसंस्थालाई एकीकृत रूपमा परिचालन गरी लत्ताकपडासमेत वितरण्ँ गर्ने निर्णय सरकारले गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अब केन्द्रीय विश्वविद्यालय
सरकारले त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउन सैद्धान्तिक स्वीकृति दिएको छ ।
गरिबी निवारण कोषमा पाण्डे
सरकारले पूर्वसचिव युवराज पाण्डेलाई गरीबी निवारण्ँ कोÈको उपाध्यÔमा नियुक्त गरेको छ । पाण्डे सूचना तथा सञ्चार, श्रम मन्त्रालय, योजना आयोगलगायतका निकायमा सचिव थिए । तत्कालीन उपाध्यक्ष जनकराज जोशीले राजिनामा दिएपछि रिक्त पदमा पाण्डेलाई नियुक्त गरिएको हो ।
सहसचिवद्वारा राजिनामा
मन्त्रिपरिषदले उद्योग मन्त्रालयका सहसचिव लक्ष्मण्ँ भट्टराईले दिएको राजीनामा स्वीकृत गरेको छ । उनले ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाउनु पा“च महिनाअघि सेवाबाट राजिनामा दिएका हुन् ।
यसैगरी सशस्त्र द्वन्द्वका क्रममा माओवादीले किनबेच गराएका जग्गाको समस्या समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनबारे निर्णय गर्न मन्त्रिपरिÈदको पूर्वाधार समितिमा पठाएको छ ।

No comments:

Post a Comment