Thursday, January 24, 2013

सरकारले कर्णेल लामाको रिहाइका लागि आवश्यक सबै पहल गर्ने

काठमाडौं, १० माघ– सरकारले मानव अधिकार हननको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको रिहाइका लागि कूटनीतिक र कानुनीसहित सम्भव सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामाको रिहाइका लागि बेलायत सरकारसित कूटनीतिक पहल गर्ने र उनको पक्षमा बेलायतमा मुद्दा लड्न सरकारका तर्फबाट कानुन व्यवसायी राख्ने र बेलायती सरकारसित कूटनीतिक पहल गर्ने निर्णय गरेको जानकारी वनमन्त्री यदुवंश झाले जानकारी दिए । सरकारले धरौटीमा छुट्ने भएका त्यसका लागि आवश्यक रकमसमेत उपलब्ध गराउने निर्णय गरेको जानकारी झाले दिए ।
शान्ति सेनामा रहेका लामा बेलायतमा रहेकी आफ्नी पत्नीलाई भेट्न जा“दा माओवादी सशस्त्र द्वन्द्वकालमा हिरासतमा रहेका व्यक्तिलाई यातना दिई मानव अधिकार उल्लंघन गरेको अभियोगमा बेलायती प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पा“च जनाको मुद्दा फिर्ता
सरकारले सत्तारूढ माओवादीका  दाङ देउखुरी जिल्ला अदालतमा विचाराधीन विशालजंग साहसमेत पाँच जनाको कर्तव्य ज्यानको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । राजनैतिक आग्रहका कारण भएकोले फिर्ता लिने निर्णय गरिएको मन्त्री झाले बताउनुभयो ।

सेनामा अब विकास महानिर्देशनालय
अब सरकारले सेनाको राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउने निर्णय गरेको छ । जंगी अड्डाको प्रस्तावमा सहायक रथीको सट्टा उपरथी प्रमुख रहने गरी राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउन लागिएको हो । विकास निर्माणको काममा आवश्यक जनशक्तिसहित सेनाको प्राविधिक क्षमता बढाउन महानिर्देशनालय बनाइएको जानकारी एक सैनिक अधिकारीले दिए ।
मन्त्रिपरिषदले राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउन आवश्यक दरबन्दी र दर्जा स्वीकृत गरेको जानकारी वनमन्त्री झाले दिए ।
सरकारले धनढीमा सुदूरपश्चिमाञ्चल मेडिकल कलेज स्थापना गर्न ५१ द्यशमलब ८२ हेक्टर वन क्षेत्रको जमिन३० वर्षका लागि भोगाधिकार गर्न दिने निर्णयसमेत गरेको छ ।
स्थापित हटाइए
सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त केशव स्थापितलाई अवकास दिई योगेश्वरकृष्ण पराजुलीलाई पाँच वर्षका लािग नियुक्ति गरेको छ । स्थापित चार महिनाअघि मात्र नियुक्त भएका थिए ।






No comments:

Post a Comment