Wednesday, January 30, 2013

मेलम्चीको सुरुङ निर्माणको ठेक्का पुनः चिनिया“ले पाउने सम्भावना

चिनिया“ ठेकेदारका कारण पुनः आयोजना अनिश्चित हुन सक्ने आशंका
काठमाडौं, १७ माघ– चिनिया“ ठेकेदार कमपनीको असक्षमता र लापर्बाहीका कारण अन्यौलमा परेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पुनः चिनिया“ ठेकेदारले पाउने सम्भावना रहेको जानकारी सहरी विकास मन्त्रालयका अधिकारीले दिएका छन् ।
काकाकुल काठमाडौं उपत्यकाको खानेपानीको एकमात्र आशाको त्यान्द्रो मेलम्चीको ठेक्का पुनः चिनिया“ ठेकेदारले पाउने सम्भावनास“गै आयोजना पुनः अनिश्चित बन्ने हो कि भन्ने आशंका बढेको ती अधिकारीले बताए ।
सन् २००९ मा सुरुङ निर्माणको ठेक्का पाएको चिनिया“ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्युरोले काम सम्पन्न गर्नुपर्ने एक वर्ष समय बा“की रह“दा जम्मा साढे ६ किमीमात्र सुरुङ खनेका कारण सरकारले उससितको ठेक्का रद्द गरेर पुनः ठेक्काको प्रक्रिया अघि बढाएको हो ।
चिनिया“ ठेकेदारको कम रकममा ठेक्का हालेर आयोजना कब्जा गरी काम धिमा गतिमा गर्ने, भेरिएसनमार्फत् मूल्य बढाउ“दै जाने र कतिपयमा कामै सम्पन्न गर्न नसक्ने प्रवृत्ति मेलम्चीमा पुनः दोहोरिने र काठमाडौं उपत्यकाको खानेपानी समस्या झन् कहालीलाग्दो हुने चिन्ता फेरि बढेको सहरी विकास मन्त्रालयका अधिकारीले बताए ।
मेलम्ची खोलामा इन्टेक (बा“ध) निर्माण गरी काठमाडौंको सुन्दरीजलसम्म बा“की २१ किलोमिटर सुरुङ निर्माणका लागि तीन चिनिया“ र एउटा इटालियन कम्पनीले ठेक्का हालेका छन् । ठेक्का हाल्नेमा तीन चिनिया“ कम्पनी सिनो हाइड्रो, सीडब्लुई, कोबेक र इटालीको  सीएमसी छन् । युरोपेलीभन्दा स्वभाविक रूपमा चिनिया“ ठेकेदारले कम रकम कबोल गर्ने भएकाले सुरुङ निर्माणको ठेक्का तीन चिनिया“मध्ये एक कम्पनीले पाउने सम्भावना रहेको स्रोतले उल्लेख गरेको छ ।
मेलम्ची खानेपानी आयोजना प्रमुख कृष्ण आचार्यले सुरुङ निर्माणका लागि तीन चिनिया“सहित चारवटा ठेकेदार कम्पनीको ठेक्का परेको र तिनको प्राविधिक प्रस्तावको अध्ययन भइरहेको जानकारी दिए । प्राविधिक प्रस्तावको मूल्यांकनबाट छानिएका कम्पनीहरूको आर्थिक प्रस्ताव अध्ययन गरी जसले कम रकम कबोलेको छ, उसैलाई ठेक्का दिइने जानकारी उनले दिए ।
‘ठेक्का हाल्ने चार कम्पनीको प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको छ । मूल्यांकन कार्य २ देखि तीन सातासम्म सकिन्छ । प्राविधिक प्रस्तावको मूल्यांकनबाट छानिएका कम्पनीमध्ये जसले सुरुङ निर्माणका लागि सबभन्दा कम रकम प्रस्ताव गरेको छ, त्यही कम्पनीलाई एक साताको समय दिएर बोलाई निर्माणको ठेक्का दिइनेछ’ आचार्यले भने ।
उनले चैतभरमा सुरुङ निर्माणको ठेक्का दिइसक्ने र जेठदेखि निर्माणको कार्य सुरु हुने जानकारी दिए । आचार्यका अनुसार सुरुङ निर्माणका लागि ठेक्का दिएको दिनबाट ३६ महिनामा सक्नुपर्ने समयसीमा दिइनेछ । ठेक्का पाउने कम्पनीलाई ३६ महिनाभन्दा जति पहिले काम सम्पन्न गर्छ, त्यति दिनको कुल ठेक्का रकमको प्रतिदिन ०.१ प्रतिशतका दरले बोनस रकम दिइने जानकारी उनले दिए । काम छिटो सम्पन्न गर्न बोनसको प्रस्ताव गरिएको उनले बताए । काम ढिलो गरेमा त्यही दरमा ठेकेदारलाई जरिवाना तिराइनेछ ।
उनले ठेक्काको समयतालिकाअनुसार ठेक्का दिएको ३६ महिनामा अर्थात् ढिलोमा सन् २०१६ मार्चसम्ममा सुरुङ निर्माण सम्पन्न गरी मेलम्चीबाट राजधानीमा खानेपानी ल्याइसक्ने आयोजनाको लक्ष्य छ । बोनस पाउने गरी ठेकेदारले छ महिना छिटो सकेमा सन् २०१५ को डिसेम्बरसम्ममा सुरुङ निर्माण कार्य सम्पन्न हुनेछ ।
२७ किमी सुरुङ र इन्टेक निर्माणका लागि लागि सन् २००८ को मूल्यमा करिब साढे ७ अर्ब रुपैया“ लागत अनुमान थियो । तर, यसपटक करिब २१ किमीमात्र सुरुङ र इन्टेक निर्माणका लागि सन् २०१२ को मूल्यमा करिब ९ अर्ब रुपैया“ लागत अनुमान छ । चिनिया“ ठेकेदारका कारण ठेक्का तोडिएका कारण सुरुङको निर्माणको लागत झन्डै तीन अर्ब रुपैया“ बढेको छ ।
सरकारले सुरुङ निर्माणस“गै मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा दोस्रो महत्वपूर्ण संरचना पानी प्रशोधन केन्द्र निर्माणको ठेक्काको प्रक्रियासमेत अन्तिम चरणमा पु¥याएको छ । करिब ५ अर्ब रुपैया“ लागतको पानी प्रशोधन केन्द्र निर्माणका लागि एक चिनिया“सहित तीन कम्पनीको ठेक्का परेको छ ।
प्रशोधन केन्द्र निर्माणका लागि जापानको हिटाची, चीनको सीडब्लुई र फ्रान्स तथा भारतको संयुक्त लगानी रहेको भीएटेक ओएबाक र प्रतिभा इन्जिनियरिङ इन्डिया कम्पनीको ठेक्का परेको छ । आयोजनाले तीनवटा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव अध्ययन गरी स्वीकृतिका लागि जापानी सहयोग एजेन्सी जाइकामा पठाएको छ । जापानले प्रशोधन केन्द्र निर्माणका लागि सहयोग गरेको हुनाले ठेक्का स्वीकृतिका लागि जाइकामा पठाइएको हो ।
‘जाइकाको सहमति आउनासाथ हामीले प्रशोधन केन्द्र निर्माणको ठेक्का दिन्छौं’ आयोजना प्रमुख आचार्यले भने । सुरुङमार्फत् ल्याइने मेलम्चीको पानी केन्द्रमा ल्याएर प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । आचार्यले सुरुङ र प्रशोधन केन्द्रको निर्माण कार्य स“गै सम्पन्न गर्ने आयोजनाको उद्धेश्य रहेको बताए ।

No comments:

Post a Comment