Saturday, January 26, 2013

सुनको भन्सारमा भारी वृद्धि

मन्त्रिपरिषद बैठक
ज्यानमारालाई बचाउने पूर्वन्यायाधीशलाई प्रेस काउन्सिलमा नियुक्ति

काठमाडौं, १३ माघ– सरकारले सुनको भन्सारमा भारी वृद्धि गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले १० ग्राम सुनको भन्सार २३ सयबाट वृद्धि गरी ३ हजार रुपैया“ पु¥याउने निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए । भन्सार वृद्धिपछि मह“गो पहेंलो धातु सुनको मूल्य तोलाको साढे सात रुपैया“ले बढ्नेछ ।
बढी भन्सारका कारण भारतमा सुन मह“गो भएकाले नेपालबाट त्यसतर्फ बढ्न थालेको तस्करी रोक्न सरकारले सुनमा भन्सारमा भारी वृद्धि गरेको जानकारी अर्थमन्त्रालयका एक अधिकारीले दिए । ती अधिकारीका अनुसार मन्त्रिपरिषदको निर्णयपछि भारतमा नेपालमा सुनको मूल्य एक सय रुपैया“ बढी हुनेछ । भारतमा सुनको भन्सार १० ग्राममा २९ सय रुपैया“ छ ।
प्रेस काउन्सिलमा यादव
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अवदेशकुमार यादवलाई नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले अध्यक्ष नारायण शर्माको पदावधि सकिएकाले यादवलाई चार वर्षका लागि नियुक्त गरेको हो ।
माओवादी द्वन्द्वका क्रममा निहत्था व्यक्ति हत्या गरेको अभियोग लागेका माओवादीका तत्कालीन सभासद केशव राईलाई सर्वोच्च अदालतको न्यायाधीश हु“दा यादवले सफाइ दिएका कारण पुरस्कारस्वरूप माओवादी नेतृत्वको सरकारले उनलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको स्रोतले उल्लेख गरेको छ ।
तत्कालीन न्यायाधीश यादवको एकल इजलासले दुई वर्षअघि सशस्त्र द्वन्द्वका क्रममा भएका हत्याका मुद्दा शान्ति सम्झौताअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रभित्र पर्ने व्याख्या गर्दै सर्वोच्चले हेर्नुनपर्ने भनी राईलाई सफाइ दिएका थिए । प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न आफ्ना पार्टी कार्यकर्तालाई बचाउन यादवकै फैसलालाई उद्धृत गर्ने गरेका छन् ।
विश्व बैंकले ४० मिलियन सहयोग गर्ने
विश्व बैंकले नेपालको कृषि विकासका लागि ४० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । बैंकले साना किसानलाई लक्ष्यित हुने गरी कार्यक्रम सञ्चालन गर्न २२ मिलियन सहुलियतपूर्ण ऋण र १८ मिलियन डलर अनुदान सहायता दिने भएको छ । मन्त्रिपरिषद बैठकले बैंकको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
कोरियाले सहयोग गर्ने
कोरियाले सरकारको एकीकृत सूचना केन्द्रका लागि बिपत् पुनःस्थापना केन्द्र स्थापना गर्न ४.६ मिलियन अमेरिकी डलर अनुदान सहयोग गर्ने भएको छ । सरकारले कोरियाको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
वायु सेवाको अध्यक्षमा घिमिरे
सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको अध्यक्षमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । सरकारले वायु यान सञ्चालनको स्वामित्व नागरिक उड्डयन प्राधिकरणलाई दिने निर्णय गरेको जानकारी सञ्चारमन्त्री राजकिशोर यादवले दिए ।
विमा संस्थानको प्रशासकमा खड्का
सरकारले विमा संस्थानको प्रशासकमा रामबहादुर खड्कालाई नियुक्त गरेको छ ।
सुदूर पश्चिममा आयुर्वेदिक चिकित्सालय
सरकारले सुदूर पश्चिममा क्षेत्रीय आयुर्वेदिक चिकित्सालय स्थापना गर्न वन क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
एडीबीसित सहयोग लिन वार्ता समिति गठन
सरकारले मुलुकका ठूला जलविद्युत् आयोजनाहरूको विकास गर्न एसियाली विकास बैंकसित सहयोग लिनका लागि ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
सहकारीका समस्या समाधान गर्न समिति
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्रबैंकका डेपुटी गभर्नरको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ ।

No comments:

Post a Comment