Wednesday, January 9, 2013

मन्त्रिपरिषदद्वारा ६ सचिवको सरुवा

अवकास पाउन डेढ महिनाभन्दा कम बा“की रहेका सचिवको समेत सरुवा
काठमाडौं, २५ पुस– सरकारले विभिन्न मन्त्रालय र निकायका ६ जना सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले ती ६ सचिवको सरुवा गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाउन डेढ महिनाभन्दा कम अवधि बा“की रहेका सचिव यज्ञ गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।
अवकास पाउन एक वर्षभन्दा कम अवधि बा“की रहेका कर्मचारीलाई उसको सहमतिबिना सरुवा गर्न नपाउने निजामती सेवा ऐनको व्यवस्थाविपरीत गौतमलाई सारिएको हो । आगामी फागुन ४ मा गौतमले ५८ वर्ष पुगी अनिवार्य अवकास पाउ“दै थिए । उनी पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा लामो अनुभव भएका एकमात्र सचिव हुन् ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटी र सचिव गौतमबीच एयर बस जहाज खरिद मामिलामा कुरा नमिलेकाले उनको सरुवा भएको जानकारी स्रोतले दिए । नेपाल वायु सेवा निगम र एयर बसबीच एक वर्षअघि दुइटा न्यारो बडी जहाज खरिद गर्ने समझदारी भएको थियो । एयर बस पुरानो प्रक्रियाअनुसार खरिद गर्ने कि नया“ प्रक्रिया सुरु गर्ने भन्नेमा मन्त्री र सचिवबीच कुरा मिलेको थिएन । सचिव गौतम पुरानै समझदारीअनुसार जहाज खरिद प्रक्रिया अघि बढाउन तयार नभएकाले उनको सरुवा भएको दाबी स्रोतको छ ।
सचिवहरू श्रम तथा रोजगार मन्त्रालयका सोमलाल सुवेदीलाई शिक्षा मन्त्रालयमा, भूमिसुधार मन्त्रालयका सुशील घिमिरेलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नारायणगोपाल मलेगोलाई निर्वाचन आयोगमा, शिक्षा मन्त्रालयका सुरेशमान श्रेष्ठलाई श्रम तथा रोजगार मन्त्रालयमा, निर्वाचन आयोगका ज्ञानदर्शन उदासलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

No comments:

Post a Comment