Thursday, January 24, 2013

राष्ट्रपतिले आज ११५ जनालाई मानपद्वीबाट विभुषित गर्ने

काठमाडौं, १० माघ– सरकारले मुलुकको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १ सय १५ जनालाई शुक्रबार मानपद्बीबाट विभुषित गर्ने भएको छ । सरकारले माघ १२ मा विशेष समारोह आयोजना गरी राष्ट्रपति रामवरण यादवबाट उनीहरूलाई मानपद्बीबाट विभुषित गराउने कार्यक्रम राखेको जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार गणतन्त्र दिवसका दिन गत जेठ १५ मा सरकारको सिफारिसमा राष्ट्रपतिले ती १ सय १५ जनालाई मानपद्वी दिने घोषणा गरेका थिए । सरकारले सबभन्दा ठूलो विभुषण ‘राष्ट्र गौरव’ मानपद्वी पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई मृत्युपर्यन्त प्रदान गर्ने भएको छ ।
भट्टराईलाई मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएकामा उक्त विभुषण प्रदान गर्न लागिएको हो । सिंहलाई मुलुकमा गणतान्त्रिक आन्दोलन सुरु गराएको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो । यो विभुषण अघिल्लो वर्ष जनआन्दोलन–०४६ का कमान्डर एवं कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई मृत्युपर्यन्त प्रदान गरिएको थियो ।
दोस्रो ठूलो विभुषण महाउज्ज्वल राष्ट्रदीप योजनाविद् स्वर्गीय हर्क गुरुङ र एमाले नेतृ सहाना प्रधानलाई प्रदान गरिने भएको छ । गुरुङलाई मुलुकको विकासमा महत्वपूर्ण योगदान पु¥याएको र प्रधानलाई आजीवन लोकतान्त्रिक आन्दोलनमा लागेको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
सरकारले मुलुकमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५० जनालार्य प्रवल जनसेवाश्री, १४ जनालाई जनसेवाश्री र ४४ जनालाई सुप्रवल जनसेवाश्री ४४ मानपद्बीबाट विभुषित गरिने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment