Tuesday, August 2, 2011

सरुवा विवादमा श्रम र सामान्य मन्त्रालयबीच तनाव

 श्रम र सामान्य मन्त्रीबीच भनाभन सामान्य सचिवलाई गालीगलौज र कारबाहीको धम्की
काठमाडौं, १७ साउन- श्रम तथा यातायातमन्त्री मुहम्मद इस्तियाक राईले अरु मन्त्रालयबाट आफूले मागेका कर्मचारीहरुको सरुवा नगरिदिएकामा सामान्य प्रशासन मन्त्री युवराज कार्कीसित भनाभन गर्नुका साथै सामान्य प्रशासन सचिव प्रतापकुमार पाठकलाई गालीगलौज गरी कारबाही गर्ने धम्की दिएका छन् ।
सरुवाको विषयलाई लिएर सामान्य प्रशासन मन्त्रीसित भनाभन र सामान्य सचिव सचिवलाई 'तँ को होस् मैले मागेको कर्मचारीलाई श्रममा नपठाउने ? मैले तँलाई देखाइदिन्छ. भन्दै तल्लोस्तरका शब्दमा गाली गरेपछि दुई पक्षबीच तनावै सिर्जना भएको स्रोतले उल्लेख गरेको छ ।
स्रोतका अनुसार आफूले मागेका दुई उपसचिव सुनिल खनाल र दिवस आचार्यमध्ये सामान्यले एक जनालाई मात्र श्रममा सरुवा गरिदिएपछि मन्त्री राईले सोमबार फोन सम्पर्क गरी सामान्य प्रशासन मन्त्री र सचिवसित आपत्ति जनाउनुका साथै गालीगलौज गरेका हुन् ।
श्रम मन्त्रीले िसंचाइका खनाल र सूचना आयोगका आचार्यलाई आफ्नो मन्त्रालयमा सरुवा गरिदिन दबाब दिएकामा सामान्यले भने खनाल र माओवादी सम्बद्ध राष्ट्रिय निजामती कर्मचारी संगठनको दबाबमा कृष्णबहादुर कार्कीलाई श्रम मन्त्रालयमा सरुवा गरेपछि मन्त्री राई आक्रोशित भएर कार्कीसित भनाभन र सचिव पाठकलाई 'तँ तँ म म' को भाषामा गाली गरी कारबाही गर्ने धम्की दिएका हुन् । मन्त्री राईले आफूले नचाहेको व्यक्तिलाई सामान्यले पठाएको भन्दै उपसचिव कार्कीलाई आफ्नो मन्त्रालयमा हाजिर हुन दिएका छैनन् ।
'तँ को होस् मैले मागेको कर्मचारी नदिने तँलाई मैले जसरी पनि कारबाही गरेरै छोड्छ' मन्त्री राईले सचिव पाठकलाई गरेको गालीका केही शब्द उद्धृत गर्दै स्रोतले भने । राईको कार्कीसित भनाभन भएकेा र सचिव पाठकलाई गाली गरी कारबाहीको धम्की दिएको यो दोस्रोपटक हो ।
एक साताअघिअघि सामान्य प्रशासनले श्रम मन्त्रालयको रिक्त उपसचिव पदमा एक साताअघि जीवन दुलाललाई सरुवा गर्दा पनि राईले मन्त्री कार्कीसित भनाभन र सचिव पाठकलाई गालीगलौज गरी कारबाही गर्ने धम्की दिएको स्रोतले उल्लेख गरेको छ । राईको आदेशमा दुलाललाई पनि श्रम मन्त्रालयमा हाजिर नगराई राखिएको छ ।
मन्त्री भएर आएको पाँच महिनामै आफ्नो मन्त्रालयमातहतका कमाउ अड्डा मानिने वैदेशिक रोजगार विभाग तथा यातायात कार्यालयहरुका प्रमुखदेखि तल्लो तहसम्मका सबैजसो कर्मचारीलाई अन्यत्र सरुवा गरेर मन्त्री राईले आफ्नो आर्थिक स्वार्थपूर्ति गरी कर्मचारी ल्याउने गरेका छन् ।
मन्त्री राईले वैदेशिक रोजगार विभाग र यातायात कार्यालयहरुमा कर्मचारीहरुको 'पि्रपेड' पहिल्यै रकम बुझाउने र 'पोस्टपेड' आएपछि रकम बुझाउने सरुवा गर्ने गरेको स्रोतले उल्लेख गरेको छ । श्रम मन्त्रालयमा मन्त्रीका राईका तर्फबाट सरुवाको चाँजोपाँजो मिलाउन काम उपसचिव कृष्णहरि पुष्करले गर्ने गरेका छन् । 'नयाँ मन्त्री आएपछि वैदेशिक रोजगार विभाग र यातायात कार्यालयहरुलाई निवर्तमान मन्त्री आफताव आलमलाई समेत बिसा्रउने गरी कमाउ अड्डा बनाइएको छ' स्रोतले भने ।
सरुवाको नियमन गर्ने सामान्य प्रशासनले श्रम मन्त्रालयको त्यस्तो अनियमिततापूर्ण सरुवा रोक्दा र कहिलेकाहीँ कर्मचारी युनियनको दबाबमा त्यहाँ सरुवा गर्दा श्रममन्त्रीले पटकपटक आपत्ति जनाउने गरेको जानकारी सामान्य प्रशासन मन्त्रालयका अधिकारीले दिए । सामान्य प्रशासन मन्त्री कार्कीका निजी सचिव सुवास श्रेष्ठ केही समयअघि श्रम मन्त्रालयमा सरुवा हुँदा पनि मन्त्री राईसित भनाभन भएको थियो । श्रम मन्त्रीले श्रेष्ठलाई उनले चाहेको वैदेशिक रोजगार विभागमा पदस्थापना नगरिदिएपछि श्रम मन्त्री र कार्कीबीच भनाभन भएको हो । श्रेष्ठ वैदेशिक रोजगार विभागमा जान नपाएपछि आफ्ना मन्त्रीको प्रभावमा छोटो समयमै सामान्य प्रशासन हुँदै स्थानीय विकास मन्त्रालयमा सरुवा भइसकेका छन् ।
श्रम मन्त्री राईले परराष्ट्र सचिव मदनकुमार भट्टराईलाई समेत केही समयअघि गालीगलौज गरेको स्रोतले उल्लेख गरेको छ । श्रम सहचारीको नियुक्तिसम्बन्धी मापदण्ड तयार गर्ने क्रममा परराष्ट्र सचिव भट्टराईले श्रम मन्त्रीको स्वार्थविपरीत राय दिएकामा उनलाई ुतँु को भाषा प्रयोग गरी गालीगलौज गरेका थिए ।
तर मन्त्री राईले भने आफ्ना छ वटा यातायात कार्यालयमा प्रमुखसहितका कर्मचारी रिक्त हुँदा पनि सामान्यले आवश्यकताअनुसार कर्मचारी नपठाएर सहयोग नगरेको र आफूले कसैलाई पनि गालीगलौज र भनाभन नगरेको दाबी गरे ।
'हाम्रो मन्त्रालय मातहतका विभिन्न कार्यालयमा धेरै पद रिक्त छन् नारायणी मेची गण्डकी बुटवलसहित ६ वटा यातायात कार्यालयमा प्रमुख पदै रिक्त छ हामीले सामान्यसित पटकपटक कर्मचारी मागेको हो सामान्यले भनेजति दिएको छैन । सामान्यले कर्मचारी दिएन भन्दैमा मैले किन गाली गर्नुपर् यो गाली गरेको छैन' राईले भने ।








No comments:

Post a Comment