Wednesday, August 3, 2011

लडाकुको शिविरका लागि ८५ लाख र ठूलो परिमाणमा काठ माग

काठमाडौं, १८ साउन- शान्ति मन्त्रालयले छिट्टै समायोजन र पुनःस्थापना हुने माओवादी लडाकुको विभिन्न शिविरका घरटहरासहितका भौतिक संरचनाको मर्मतसुधारका लागि ८५ लाख रुपैयाँ अर्थमन्त्रालयसित माग गरेको छ ।
राजनीतिक सहमतिमा माओवादी लडाकुको केही महिनामै समायोजना र पुनःस्थापना कार्य भएमा शिविरहरुमा त्यति ठूलो रकमबाट हुने मर्मतसम्भार अर्थहीन हुन पुग्ने चिन्ता शान्ति मन्त्रालयका एक अधिकारीले व्यक्त गरे ।
लडाकुका विभिन्न शिविरबाट मर्मतसम्भारका लागि ८५ लाख रुपैयाँ माग आएको उल्लेख गर्दै शान्ति मन्त्रालयले हालै अर्थलाई पत्र लेखी उक्त रकम तत्काल भुक्तानी गर्न आग्रह गरेको जानकारी स्रोतले दिए । केही दिनमै अर्थबाट उक्त रकम भुक्तानी आएपछि शान्ति मन्त्रालयले शिविरलाई उपलब्ध गराउनेछ ।
लडाकुका नवलपरासी र कैलालीस्थित शिविरले आफ्नो भौतिक संरचना पुनस्रंरचना पुननिर्माण र मर्मतसुधारका लागि ५ हजार क्युबिक फिट काठसमेत माग गरेका छन् । दुवै शिविरले २ हजार ५ सय क्युबिक फिटका दरले काठ माग गरेका छन् । वन मन्त्रालयमार्फत् उक्त काठ उपलब्ध गराइने शान्ति मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment