Monday, August 15, 2011

सार्वजनिक नहुँदै पाँच सचिवको सरुवा सच्याइयो

नौ सचिवको सरुवा, पाँच जनाको पदस्थापना
काठमाडौं, ३० साउन- सचिवहरुको सरुवाको निर्णय सार्वजनिक नहुँदै पाँच जनाको निर्णय परिवर्तन गरिएको छ । मन्त्रिपरिषदको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले ९ सचिवको सरुवा र ५ जना नयाँ सचिवको पदस्थापनाको निर्णय गरेको थियो । धेरैजसो सचिवको तीनदेखि आठ महिना पनि नपुग्दै अर्को ठाउँमा सारिएको छ ।
वरिष्ठ सचिव ताना गौतम दिनेशहरि अधिकारीसहित केहीको छोटो समयमै अपमानपूर्ण सरुवा भएको भन्दै उच्च प्रशासकहरुबाटै विरोध भएपछि सरकारले निर्णय परिवर्तन गरेको जानकारी स्रोतले दिए । सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले पाँच जनाको सरुवा सच्याउनेसहित नौ जनाको सरुवा र पाँच जनाको पदस्थापनाको निर्णय तयार गरेको छ त्यो निर्णय माइन्युट हुन भने बाँकी रहेको स्रोतले उल्लेख गरेको छ । माइन्युट नभइसकेकाले सरुवा र पदस्थापना भएका सचिवहरुलाई पत्र भने दिइसकिएको छैन ।
स्रोतका अनुसार मन्त्रिपरिषदले राष्ट्रिय सतर्कता केन्द्रबाट िसंचाइ मन्त्रालयमा आएको तीन महिना नपुग्दै सचिव गौतमलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको थियो । उनलाई ट्रष्टमा पठाउने निर्णय सच्याएर विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ ।
सुदुर पश्चिमका क्षेत्रीय प्रशासक जयमुकुन्द खनाललाई वन मन्त्रालयमा सार्ने निर्णय सच्याएर ट्रष्टमा सारिएको छ । भूमिसुधार सचिव केशव भट्टराईलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय सच्याएर वन मन्त्रालयमा सारिएको छ ।
श्रम तथा यातायात सचिव दिनेशहरि अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय सच्याएर संस्कृति मन्त्रालयमा पठाइएको छ । पश्चिमााचलका क्षेत्रीय प्रशासक हरि नेपाललाई संस्कृति मन्त्रालयमा सार्ने निर्णय सच्याएर उपराष्ट्रपति कार्यालयमा सारिएको छ ।
मन्त्रिपरिषदका सचिव पुरुषोत्तम ओझालाई वाणिज्यमा, ट्रष्टकी सचिव वृन्दा हाडालाई िसंचाइ मन्त्रालयमा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा। रामहरि अर्याललाई श्रम तथा यातायात मन्त्रालयमा, वाणिज्यका सुशीलजंग राणालाई मन्त्रिपरिषद सचिवालयमा सरुवा गरिएको छ ।
ओझा र राणालाई आठ महिना पनि नपुग्दै सरुवा गरिएको हो । व्यापार मामिलाका जानाकार ओझालाई आफ्नो विशेषज्ञताअनुरुपको मन्त्रालयमा पठाइएको हो । हाडा सबभन्दा बढी सरुवा हुने सचिव भएकी छन् । सचिवमा बढुवा भएको तीन वर्षमा उनको ६ ठाउँमा सरुवा भइसकेको छ ।
नयाँ सचिव लालमणि जोशीलाई भूमिसुधार मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ भने बाँकी चार जनालाई क्षेत्रीय प्रशासकमा । नयाँ पाँच जनामध्ये जोशी आकर्षक मन्त्रालय पाउने भाग्यमानी एक्ला सचिव बनेका छन् । नयाँ सचिवहरुमा माधव रेग्मीलाई मध्यमााचल, तुलसी सिटौलालाई पश्चिमााचल, सुरेशमान श्रेष्ठलाई मध्यपश्चिमााचल र विश्वप्रकाश पण्डितलाई सुदूर पश्चिमको क्षेत्रीय प्रशासकमा पदस्थापन गरिएको छ ।

No comments:

Post a Comment