Thursday, August 4, 2011

प्रधानमन्त्रीको इमानदार घोषणा हो भने स्वागतयोग्य ः कांग्रेस

काठमाडौं, १९ साउन- कांग्रेसले प्रधानमन्त्री झलनाथ खनालले भदौ १४ को राजनीतिक गम्भीरतालाई महसुस गरी शान्ति प्रकि्रयालाई टुंगामा पुर् याउन दायित्वबोध गरेर साउन २८ सम्म पनि नसके राजिनामा दिन्छु भनी गरेको घोषणा स्वागतयोग्य भएको प्रतिकि्रया व्यक्त गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले शान्ति प्रकि्रयाका सम्बन्धमा प्रधानमन्त्री इमानदार भएर स्पष्टताका साथ आउने हो भने आफ्नो पार्टी संसदमा शान्ति प्रकि्रयासम्बन्धी उनका कुरा सुन्न तयार हुने बताए । कांग्रेसले साउन ९ देखि राजनीतिक सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्रीलाई राजिनामा दिन बाध्य पार्न संसद अवरुद्ध पार्दै आएको छ ।
ुप'रधानमन्त्रीले मन्त्रिपरिषदमा इमानदारीपूर्वक शान्ति प्रकि्रयामा ९ दिनभित्र पूरा गर्न नसके राजिनामा दिन्छु भन्नुभएको हो भने उहाँ शान्ति प्रकि्रयाका सम्बन्धमा स्पष्टताका साथ एउटा खाका लिएर व्यवस्थापिका संसदमा आउनुपर् यो । कांग्रेस उहाँको कुरा सुन्न तयार छ' घिमिरेले  भने ।
उनले माओवादीका नयाँ मन्त्रीहरुलाई सपथ गराएपछि एमाले पार्टीमा उत्पन्न विरोध र केन्द्रीय समितिको २१ गते बस्न लागेको बैठकलाई प्रभावित गर्नमात्र प्रधानमन्त्रीले राजिनामाको कुरा गरेको भए त्यसले थप जटिलता ल्याउने टिप्पणीसमेत गरे ।
'प्रधानमन्त्रीले शान्ति प्रकि्रया अघि बढाउन सक्नुभएन भनेर हामीले उहाँलाई राजिनामा दिन बाध्य पार्न साउन ९ गतेदेखि संसद अवरुद्ध पारेका छौं । शान्ति प्रकि्रया अघि बढाउन नसक्ने प्रधानमन्त्रीले राजिनामा दिनु नै राजनीतिक निकास हो । साँच्चिकै प्रधानमन्त्रीले शान्ति प्रिकि्रयालाई टुंगोमा पर् याउनु गम्भीर दायित्वबोध गर्नुभएको हो भने त्यो सकारात्मक र स्वागतयोग्य छु घिमिरेले भने- ुतर एमालेको केन्द्रीय समितिको बैठकलाई आफ्नो पक्षमा प्रभावित पार्नमात्र राजिनामाको कुरा गर्नुभएको हो भने त्यसले थप जटिलता ल्याउँछ र दुर्भाग्यपूर्ण हुन्छ ।'

No comments:

Post a Comment