Monday, August 29, 2011

सबभन्दा सानो मन्त्रिपरिषद !

सवै दललाई सरकारमा आउन आहृवान

काठमाडौं, १२ भदौ- नवनियुक्त प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सोमबार एक जना मन्त्रीमात्र रहेको मन्त्रिपरिषद गठन गरेका छन् । सत्तामा आउन आतुर सबै दललाई भट्टराईले सरकारमा सामेल गर्दा मन्त्रिपरिषद जम्बो हुन पुग्ला तर अहिलेलाई भट्टराई सरकार सबभन्दा सानो मन्त्रिपरिषदका रुपमा रहेको छ ।
भट्टराईले आफूले राष्ट्रपति रामवरण यादवसमक्ष सपथ खाएकै दिन उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई नियुक्त गरेका छन् । गच्छदारलाई पनि सोमबार नै प्रधानमन्त्रीले सपथ खुवाए । गच्छदारलाई मन्त्री पदमा लोकसेवा आयोग पास गरेको व्यक्ति मानिन्छ ।
मन्त्रिपरिषद् बैठक

बाबुराम भट्टराई नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले संविधानसभामा रहेका सवै दललाई सरकारमा आउन आहृवान गरेको छ ।

सिंहदरवारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शान्ति र संविधान निर्माणका लागि सवै दललाई सरकारमा आउन आहृवान गर्ने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले जानकारी दिए ।
प्रधानमन्त्री भट्टराईले सोमबार नै राष्ट्रपतिबाट शपथ लिएका थिए । पहिलो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र उपप्रधानमन्त्री गच्छदारमात्र थिए ।
बैठकले पूर्वपर्ति झलनाथ खनाल नेतृत्वको सरकारले प्रस्ताव गरेअनुसार संविधानसभाको म्याद तीन महिना थप्ने निर्णय गरेको गच्छदारले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले जनआन्दोलन, जनयुद्ध, मधेस तथा पिछडावर्गका आन्दोलनमा ज्यान गुमाउने शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्ने र घाइतेको सम्मान गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment