Thursday, August 4, 2011

प्रधानमन्त्रीको राजिनामा दिने घोषणाले मन्त्रीहरुको अनुहार मलिन

काठमाडौं, १९ साउन- प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रकि्रयामा अपेक्षित प्रगति हुन नसकेकामा चिन्ता प्रकट गर्दै ९ दिनभित्र दलहरुबीच शान्ति प्रकि्रया र संविधान निर्माणमा ठोस सहमति गराउन नसके साउन २८ गते पदबाट राजिनामा दिने घोषणा गरेका छन् । प्रधानमन्त्रीले राजिनामा दिने घोषणा गरेकाले मन्त्रिपरिषद बैठकबाट बाहिर निस्किएका धेरैजसो मन्त्री गम्भीर र केही मलिन मुद्रामा देखिएका थिए ।
माओवादी मन्त्रीहरु परिवर्तन भएपछि बसेको मन्त्रिपरिषदको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धताअनुसार शान्ति प्रकि्रया र संविधान निर्माणमा प्रगति हुन नसके नौ दिनपछि राजिनामा दिने घोषणा गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए ।
तुलाधरका अनुसार मन्त्रिपरिषद बैठकमा खनालले माओवादी कांग्रेस र आफ्नै पार्टीका नेताहरुसित आफूले साउन २८ भित्र सहमति गराउन नसके राजिनामा दिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै आफ्नो पदको काउन्ट डाउन सुरु भएको बताएका थिए । ुप्रधानमन्त्रीले शान्ति प्रकि्रया र संविधान निर्माणमा प्रगति हुन नसके २८ गते राजिनामा दिने घोषणा मन्त्रिपरिषद बैठकमा गर्नुभएको छु तुलाधरले संवाददाताहरुसित भने ।
'म साउन २८ भित्र शान्ति प्रकि्रया र संविधान निर्माणमा प्रमुख दलहरुबीच ठोस सहमति गराउन प्रयासरत छु । तर माओवादीका कारण शान्ति प्रकि्रयामा कुनै प्रगति हुन सकेको छैन हुने सम्भाजना पनि कम रहेकाले मेरो पदको काउन्ट डाउन सुरु भएको छ । म इमानदारीपूर्वक सहमति गराउन प्रयासरत छु । ९ दिनभित्र शान्ति प्रकि्रया र संविधान निर्माणलाई तार्किक निष्कर्ष पुर् याउन ठोस प्रगति हुन नसके २८ गते पदबाट राजिनामा दिन्छु' एक मन्त्रीले प्रधानमन्त्रीको भनाइ उद्धृत् गर्दै भने ।
तुलाधरका अनुसार प्रधानमन्त्रीले शान्ति प्रकि्रया र संविधान निर्माणमा दलहरुबीच सहमति गराई जेठ १४ मा संविधानसभाको म्याद थप गर्दा भएको पाँचबुँदे सहमतिको कार्यान्वयन गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रमुख दलहरुबीच साउन २८ भित्र राजनीतिक सहमति कायम गराउनका लागि आफू आफू अन्तिमसम्म लागिरहने उल्लेख गर्दै मन्त्रीहरुलाई समेत घनीभूत रुपमा प्रयास गर्न आग्रह गरेका थिए ।
उनले माओवादीबाट लडाकुको समायोजन र पुनःस्थापनाका लागि अरु दलले समेत विश्वास गर्न सक्ने किसिमको कार्ययोजना आएमा मात्र शान्ति प्रकि्रयामा प्रगति हुने उल्लेख गर्दै त्यस्तो प्रस्ताव ल्याउन आफूले माओवादी नेतृत्वलाई आग्रह गरिरहेको बताएका थिए ।

No comments:

Post a Comment